सनराइज बैंकले ल्यायो चाडपर्व विशेष योजना, एफवान सफ्टसँग सहकार्य

काठमाडों । ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ गरौं’ अभियानलाई आत्मसाथ गर्दै बैंकले आगामी चाडपर्वलाई लक्षित गरी नयाँ अफर ल्याएको छ । डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले एफवान सफ्टसँग सहकार्य गरी नयाँ योजना ल्याएको हो ।

योजना अन्तर्गत सनराइजले आफ्नो मोबाइल बैंकिङ ‘सनराइज स्मार्ट एप’ मार्फत रकम ट्रान्सफर, मोबाइल टपअप, बिल भुक्तानी लगायतका कार्य गर्ने २० जना भाग्यसाली ग्राहकलाई एक एक थान स्मार्ट फोन प्रदान गर्ने जनाएको छ ।

नयाँ ग्राहकलाई प्रोत्साहन गर्न पहिलो पटक मोबाइल टपअपमा १० प्रतिशत रकम वा अधिकतम एक सय रुपैयाँ क्यास ब्याक गर्ने व्यवस्था समेत गरेको विज्ञप्तिमा उल्लेख छ ।

jutta mela

सनराइज बैंकले आफ्नो १३आंै वार्षिकोत्सवको अवसरमा ग्राहकसँग खुशी बाड्न २०७७ कात्तिक १ गतेदेखि मंसिर ५ गतेसम्मको लागि यो योजना ल्याएको हो ।

You might also like

Comments are closed.