निर्माणाधीन सुपरमादी हाइड्रोपावरको सुरुङमा ‘ब्रेकथ्रु’

काठमाडौं । कास्कीको मादी गाउँपालिकामा निर्माणाधीन सुपरमादी जलविद्युत आयोजनाको सुरुङमार्ग खन्ने काम सम्पन्न भएको छ । सुरुङमार्गको ‘ब्रेकथ्रु’ भएको उपलक्ष्यमा आयोजनाको तर्फबाट अध्यक्ष पुष्पज्योती ढुंगानाले सम्पूर्णप्रति आभार तथा धन्यवाद ज्ञापन गरेका छन् ।

४४ मेगावाट क्षमताको उक्त आयोजना कास्कीको मादी गाउँपालिका वडा १ र २ स्थित सिक्लेस र ताङतिङको बीचमा पर्छ । निर्माणाधीन आयोजनाको ८५ प्रतिशत काम सम्पन्न भइसकेको अध्यक्ष ढुंगानाले जानकारी दिए ।

‘आयोजनामा आवश्यक पर्ने ६.९ किलोमिटर सुरुङमार्गको ब्रेक थ्रु भएको छ,’ उनले भने, ‘सुरुङमार्गको फिनिसिङसहित बाँकी काम तिब्र गतिमा भइरहेको छ ।’ आयोजनाको सम्पूर्ण काम सम्पन्न गरी २०७९ असार महिनाभित्र विद्युत उत्पादन सुरु गर्ने लक्ष्य राखिएको अध्यक्ष ढुंगानाले जानकारी दिए ।

आयोजनाको निर्माण कार्य फेवा कन्स्ट्रक्सनले गरिरहेको छ । ७ सय कामदारले आयोजनामा काम गरिरहेका छन् । यो आयोजनामा रन अफ दी रिभरमा आधारित छ ।

You might also like

Comments are closed.