पोखरा । कास्कीको सिक्लेस र ताङतिङको बिचमा अबस्थित मादी नदीमा निर्माण भएको ४४ मेघावाट क्षमताको सुपरमादी हाइड्रोपावर कम्पनीको निर्माण कार्य सम्पन्न भएको छ । निर्माण सम्पन्न भएसँगै परियोजनाले विद्युत उत्पादन सुरु गरेको हो ।
विद्युत उत्पादनको परीक्षण सम्पन्न भएको परियोजनाका प्रवन्ध निर्देशक पुष्पज्योती ढुंगानाले जानकारी दिए । उत्पादित विद्युत चैत ११ गतेबाट राष्ट्रिय प्रशारण ल्याइनमा जोडिएको छ । ४४ मेगावाट क्षमताको उक्त आयोजना निर्माणमा सानिमा बैंकको लगानीमा अन्य वित्तीय संस्थाको लगानी छ ।
आयोजनाको निर्माण कार्य फेवा कन्स्ट्रक्सनले गरेको हो । परियोजना सम्पन्न गर्नमा सहयोग गर्ने स्थानीय प्रशासन, स्थानीय बासी, सरोकारवाला निकायहरु, बैंक तथा वित्तीय संस्थाहरु, लगानीकर्ताहरु, कर्मचारीहरु, कन्ट्याक्टर लगायत सबैमा परियोजनाका तर्फबाट ढुंगानाले आभार व्यक्त गरेका छन् ।
हिउदको समयमा भारतबाट विद्युत आयात गर्नुपर्ने अवस्थामा परियोजनाबाट उत्पादित विद्युतले नेपालको विद्युत क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने लगानीकर्ताहरुको विश्वास छ ।







Comments are closed.