अक्सिजन प्लान्टका लागि सुपरमादी हाइड्रोपावरबाट २५ लाख सहयोग

पोखरा । सुपरमादी हाइड्रोपावरका तर्फबाट अक्सिजन प्लान्ट स्थापनाका लागि सहयोग प्रदान हुने भएको छ ।

पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमान्चल क्षेत्रीय अस्पताल) पोखरामा स्थापना हुने अक्सिजन प्लान्ट निर्माणका लागि सुपरमादीका तर्फबाट २५ लाख रुपैयाँ सहयोग गरिने अध्यक्ष पुष्पज्योती ढुंगानाले जानकारी दिए ।

कोरोना महाकारीका समयमा अक्सिजन अभाव न्युनीकरण गर्ने उद्देश्यसहित बतास फाउण्डेसनको अगुवाईमा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ । प्लान्ट स्थापनाका लागि विभिन्न संघसंस्था तथा व्यक्तिहरुबाट सहयोग संकलन हुने क्रम जारी छ ।

३ देखि ५ करोड लगानीमा अक्सिजन प्लान्ट स्थापना हुने बताइएको छ ।

You might also like

Comments are closed.