‘सुपर सोको’ ब्राण्डका इलेक्ट्रिक स्कुटर तथा बाइक नेपाली बजारमा

काठमाडौं । देबाज्योती ग्रुप अन्तर्गतको डि–लाइफ स्टाइल्सले ‘सुपर सोको’ ब्राण्डका इलेक्ट्रिक स्कुटर तथा बाइक नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले ‘रिभोल्ट’ नाराका साथ पाँच वटा मोडलका स्कुटर तथा बाइक सार्वजनिक गरेको हो ।

शुक्रबार आयोजित सुपर सोको सार्वजनिक कार्यक्रममा बोल्दै कम्पनीका प्रवन्ध निर्देशक आभुषण ज्योती कन्साकारले इलेक्ट्रिक सवारी समयको माग भएको बताए । ‘नेपाली बजारमा राम्रा विशेषतासहितको सुपर सोको ब्राण्डलाई भित्र्याउन पाउँदा हामी हर्षित छौं,’ उनले भने । वातावरण प्रदुषण कम गर्न तथा विद्युतको उपयोगिता बढाउन समेत सुपर सोको ब्राण्डले योगदान पु¥याउने उनले विश्वास व्यक्त गरे ।

कम्पनीले सुपर सोको सियुएक्स, सुपर सोको सिपिएक्स, सुपर सोको टिसी म्याक्स बाइक, सुपर सोको टिसी बाइक र सुपर सोको टिएसएक्स बाइक नेपाली बजारमा सार्वजनिक गरेको हो । यी बाइक तथा स्कुटरहरु नेपाली हावापानी र बाटो सुहाउँदो रहेको बिक्री प्रवन्धक हरि दाहालले बताए । ‘सुपर सोको उपस्थितिले नेपालको इभी मार्केट अझ व्यापक र सशक्त हुनेमा हामीहरु विश्वस्त छौं,’ उनले भने ।

jutta mela

कम्पनीको शोरुम लाजिम्पाट सांग्रिला होटल अगाडि र लगनखेलमा छ । शोरुममा आएर सुपर सोको स्कुटर तथा बाइकको टेष्ट ड्राइभ, बुकिङ तथा खरिद गर्न सकिन्छ । बिक्री पछिको सेवालाई प्राथमिकतामा राखिने कम्पनीले जनाएको छ । ‘सुपर सोको ब्राण्डका ग्राहकलाई यो ब्राण्डप्रति सन्तुष्ट बनाउन कम्पनी सफल हुनेछ,’ उक्त अवसरमा बोल्द प्रवन्ध निर्देशक कन्साकारले भने । शून्य प्रतिशत ब्याजदरमा सहज फाइनान्सको सुविधासहित सुपर सोको खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

यस्ता छन् पाँच वटा मोडलका सुपर सोको स्कुटर तथा बाइकहरुः

Super Soco CUx

Powered with 2788 Watt and Double Disc CBS with a Range of 85 km and top speed 75km/h, the CUx has been aimed at the urban trendy youth looking for a fresh change in perspective.

Super Soco CPx

4000 Watt powered with Double Disc CBS Brakes; it has a range of 200 km from double battery and has a top speed of 90km/h. It boasts a one-push Reverse Switch for easy movement out of traffic or dead ends.

Super Soco TC Max Bike

This is powered by 5000 Watt motor with Double Disc Brakes, top speed 110km/h and a Range of 110 km. The TC-Max has been designed for the everyday urban explorers. Biker enthusiasts can choose between aluminium and spoke wheels.

Super Soco TC Bike

It has a 3000 Watt powerful motor with a Range of 160 km on double battery and a top speed of 80km/h. The TC-Bike has been designed for the go-getters and the adventurous at heart looking to venture into new avenues.

Super Soco TSx Bike

This boasts a 3000 Watt powerful Bosch motor and top speed of 80km/h with a range of 160 km on dual battery. It has a Double Disc CBS, 16 inch tubeless tires and a bright headlamp for extra protection. The TSx has been designed for the urban riders looking to escape the mundane-ness of their daily commute.

You might also like

Comments are closed.