सर्वोच्च अदालतमा तीन जना न्यायाधीश नियुक्त

काठमाडौं । सर्वोच्च अदालतमा तीन जना नयाँ न्यायाधीश नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सिफारिसमा सोमबार उनीहरूलाई नियुक्त गरेका हुन्।

नियुक्त भएका न्यायाधीशहरूमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल, र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा रहेका छन्।

नयाँ नियुक्तिले सर्वोच्च अदालतको न्यायिक प्रक्रियालाई थप सशक्त बनाउने विश्वास गरिएको छ।

You might also like

Comments are closed.