लेखनाथ । सुरक्षा पालुवा वचत तथा ऋण सहकारी संस्था लि. पोखरा–३३ बागमाराको १५ औं वार्षिक साधारण सभा आईतबारबाट शुरु भएको छ । साधारणसभा असोज ३ देखि ९ गतेसम्म चल्ने बताइएको छ । कोरोना महामारीका कारण साधारणसभा १ सातासम्म संचालन गरिने सहकारीका अध्यक्ष टुल्कनाथ आचार्यले जानकारी दिए । साथै स्वास्थ्य सुरक्षा मापदण्ड पालनागरि उपस्थित हुन पनि उनले सदस्यलाई आग्रह गरेका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी वडा नं. ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यले वडाभित्र रहेका सवै सहकारी संस्थाहरुलाई मर्ज गरेर एउटै ठुलो सहकारी बनाउने र सहकारीग्राम स्थापना गरी ठुलो लगानीमा राम्रो प्रतिफल आउने खालको काम गर्ने वतावरण बनाउने कार्ययोजना बनाएको वताए ।
सोही कार्यक्रममा भरतपोखरी बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष, नेफस्कुन पोखराकी कार्यालय प्रमुख यमकला सुवेदी, बागमारा सहकारीका अध्यक्ष डिल्लीराम बराल, भरतपोखरी सहकारीका अध्यक्ष कृष्णप्रसाद अधिकारी, एनसिसि बैंक भरतपोखी शाखाका प्रमुख खिम बहादुर क्षेत्री, संस्थाका सल्लाहकारहरु यज्ञप्रसाद अधिकारी र खेमराज पौडेल लगायतले बोलेका थिए ।
संस्थाका कोषाध्यक्ष दिपक बाँनियाले सहकारीको आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने शिक्षा समितिकी संयोजक निर्मला आचार्यले सहकारीका सात सिद्धान्तहरु वचन गरेकी थिईन् ।
संस्थाका अध्यक्ष टुल्कनाथ आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष माधवप्रसाद कँडेलले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव यज्ञप्रसाद आचार्यले गरेका थिए ।
Comments are closed.