आर्थिक आवाजका सम्पादक पौडेल सम्मानित

काठमाडौं । नेपाल कृषि तथा पशुपंक्षी व्यवसायी संघले आर्थिक आवाजका सम्पादक सुरेन्द्र पौडेललाई सम्मान गरेको छ ।
कृषि तथा पशुपंक्षी क्षेत्रमा सूचना प्रवाह, जनचेतना अभिवृद्धि र किसानका आवाजलाई आर्थिक आवाज अनलाइन र म्यागजिनमार्फत पु¥याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको हो ।

पौडेललाई प्रदान गरिएको सम्मान पत्रमा “कृषि तथा पशुपंक्षी क्षेत्रमा सूचनाको प्रवाह, जनचेतना अभिवृद्धि तथा किसानको आवाज उजागर गर्न तपाईंले आर्थिक आवाज अनलाइन र म्यागेजिनमार्फत पुर्याउनु भएको उल्लेखनीय योगदानप्रति हामी उच्च सम्मान प्रकट गर्दछौं । कृषक र कृषि नीति निर्माताबीच सेतुका रूपमा तपाईंको पत्रकारिता प्रेरणादायी छ । तपाईंको कलमले कृषि र पशुपंक्षी व्यवसायलाई समृद्ध बनाउन खेलेको भूमिकालाई स्मरण गर्दै यो सम्मान–पत्र प्रदान गर्दछौं । हामी नेपाल कृषि तथा पशुपंक्षी व्यवसायी संघ ((NALBA) ) को तर्फबाट तपाईंलाई हार्दिक बधाईका साथ उज्ज्वल भविष्यको शुभकामना प्रकट गर्दछौं, ” भनिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य नरेशलाल श्रेष्ठले सम्पादक पौडेलको योगदानलाई ऐतिहासिक भन्दै आगामी दिनमा पनि यस्तै जनउत्तरदायी पत्रकारिताले कृषक समुदायलाई सशक्त बनाउन थप योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

संघका अध्यक्ष टीकाप्रसाद घिमिरेले पत्रकारिता र कृषि क्षेत्रको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै पौडेलको सक्रियता प्रेरणादायी भएको बताए ।

वक्ताहरूले पौडेलको निष्पक्ष, तथ्यपरक र किसानमुखी पत्रकारिताको प्रशंसा गर्दै कृषि क्षेत्रमा आधारित सूचनालाई अझ सशक्त बनाइरहन आग्रह गरे ।

साथै नेपाल कृषि तथा पशुपंक्षी व्यवसायी संघले पौडेललाई  बधाईका साथ उज्ज्वल भविष्यको शुभकामना पनि व्यक्त गरेको छ ।

You might also like

Comments are closed.

Secret Link