हेभी इक्विपेमन्ट व्यवसायी महासंघको वरिष्ठ उपाध्यक्षमा सुरेश खत्री सर्वसम्मत

काठमाडौं । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको वरिष्ठ उपाध्यक्षमा सुरेश खत्री निर्वाचित भएका छन् ।

बिहीबार काठमाडौंमा सम्पन्न छैटौं साधारणसभा तथा तेस्रो अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत निर्वाचित गराउने सम्पूर्ण सदस्यहरुप्रति खत्रीले आभार व्यक्त गरेका छन् । माहसंघको अघिल्लो कार्यकालमा उनी महासचिवको जिम्मेवारीमा थिए ।

उमाकान्त शर्माको अध्यक्षतमा महासंघको नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।

You might also like

Comments are closed.