सफा दूधको महत्व के छ ? यस्ता छन् उत्पादन गर्दा ध्यान दिनुपर्ने कुराहरु !

सुरेशकुमार श्रेष्ठ

काठमाडौं । विश्व दूध दिवस विश्वभरि नै जुन १ तारिखका दिन मनाउने गरिन्छ । यो दिवस विश्वभरिका धेरै देशहरुको सहभागितामा पहिलो पटक सन् २००१ बाट मनाउन थालिएको हो ।

यो दिवस मनाउने प्रचलन वर्षै पिच्छे बढ्दो छ। दूध तथा दुग्ध उद्योगहरुको क्रियाकलापहरुको प्रचारप्रसार गर्नका लागि यो दिवस मनाउने गरिन्छ । सार्वप्रथम मलेसिया, कोलम्बिया, रोमानिया, जर्मनी र संयुक्त राज्य अमेरिकाबाट यो दिवश मनाउन शुरु भएको पाईन्छ ।

दूध के हो ?
दूध भन्नाले स्वस्थ गाई वा भैंसीको थुनबाट दुहेको र स्वभाविक अवस्थाको स्वच्छ ताजा श्रावलाई सम्झनु पर्दछ । जुन पशु व्याएको ५ दिनपछि र व्याउनुभन्दा करिब २ महिना अगाडी दुहिएको हुन्छ ।

jutta mela

स्टान्डर्ड मिल्क ३ प्रतिशत फ्याट ८ प्रतिशत एसएनएफ
गाईको दूध ३.५ प्रतिशत चिल्लो र सो चिल्लो बाहेक दूधको ठोस पदार्थ ७.५ प्रतिशतभन्दा घटि नभएको दूध र भैसीको दूध ५ प्रतिशत दूधको चिल्लो र सो चिल्लो बाहेक दूधको ठोस पदार्थ ८ प्रतिशतभन्दा घटि नभएको हुनुपर्दछ ।

नेपालको कुल दुध उत्पादनको करिव ७० प्रतिशत योगदान भैंसीबाट र ३० प्रतिशत योगदान गाईबाट भएको पाईन्छ । दुग्धजन्य पदार्थले नेपालको कुल ग्राहस्थ उत्पादनमा करिव १२ प्रतिशत योगदान दिएको छ । कृषि क्षेत्रको ग्राहस्थ उत्पादनमा पशुपालन क्षेत्रबाट करिव एक तिहाई योगदान रहेको छ । डेरि क्षेत्रबाट १२.३६ प्रतिशत रहेको छ । नेपालमा दूधको उत्पादन वृद्धिदर करिव ५ प्रतिशतले वृद्धि भएको देखिन्छ । नेपालमा हाल ३०३ लाख मेट्रिक टन दुध उत्पादन हुन्छ।

दूधको महत्व तथा पौष्टिक तत्वहरुः
पौष्टिकताको दृष्टिकोणले दूध एक सर्वोत्तम र सन्तुलित आहारा हो जुन वालक, वृद्ध, रोगी सबैका लागि त्यतिकै महत्वपूर्ण मानिन्छ । दूधको सामाजिक तथा धार्मिक महत्व पनि छ । यसको अतिरिक्त विगौती दूधले नवजात शिशुलाई प्रशस्त मात्रामा प्रोटिन, भिटामिन खनिज पर्दाथ प्रदान गर्नुका साथै रोगसंग प्रतिकार गर्न सक्ने शक्ति प्रदान गर्छ ।

दूधको पौष्टिक महत्वः
दुधमा निम्नानुसारको पौष्टिक तत्वहरु पाईन्छ ।
१. प्रोटिन
२. फ्याट
३. ल्याक्टोज
४. खनिज लवणहरु
५. भिटामिनहरु
६. पानी

दुधको औषत वनावटः

क्र स विवरण गाईको प्रतिशत दुध भैसीको प्रतिशत दुध
चिल्लो पर्दाथ (फ्याट) ३.६६ ७.०
घृतांस रहित ठोस पदार्थ (एस एन एफ) ८.७४ ९.४८
प्रोटिन ३.४२ ४.७४
लेक्टोज ४.९२ ५.०४
खनिज लवणहरु ०.७१ ०.७८
जम्मा ठोस पदार्थ (टी एस) १२.७ देखि १३.६ १६.७८
भिटामिन अल्प परिमाण अल्प परिमाण
पानी ८७.२९ ८२.४४

 

सफा दूध उत्पादन गर्दा ध्यान दिनुपर्ने कुराहरुः
दुध मानिसको सर्वोत्कृष्ट भोजनमा पर्दछ । दूध पोषिलो भोजन हो । यसमा धेरै हानिकारक शूक्ष्म जीवले पनि आक्रमण गर्न सक्ने र दूधको गुणस्तर बिगार्न सक्दछ । यदि दूध सफा र स्वच्छसंग उत्पादन गर्न सकिएन भने मानिसको स्वास्थ्यमा समेत प्रत्यक्ष असर पदर्छ ।

– दूध उत्पादन गर्ने कृषकले सबैभन्दा बढि सफा दूध उत्पादन गर्न ध्यान दिनुपर्छ ।
– संकलन कर्ताले पनि दूध सफा राख्न होसियार हुनुपर्छ ।
– ढुवानीकर्ताले पनि ध्यान दिनुपर्छ ।
– प्रशोधन गर्ने स्थानमा पनि ध्यान दिनुपर्छ ।
– दूध भण्डारणको लागि उपयुक्त तापक्रम ४ देखि ५ डिग्री से को तापक्रम मिलाउनु पर्छ ।
– दूधलाई छानेर क्यानमा राख्नु पर्दछ ।
– दूध दुहुने वाल्टिन सफा राख्नु पर्दछ ।
– दाना पानि सफा दिनु पर्दछ ।
– दूध संकलन केन्द्रबाट सकेसम्म छिटो प्रशोधन केन्द्रसम्म पुर्याउनु पर्दछ ।
– आन्तरिक तथा वाह्य परजिविको औषधीहरु समय–समयमा गर्नु पर्दछ ।
– महामारी तथा सरुवा रोग विरुद्धको खोप समय–समयमा लगाउनु पर्छ ।

सफा दूध उत्पादन तथा व्यवस्थापनका पक्षहरुः
– गाई भैंसी पालनको मूख्य उद्देश्य भनेकै दूध उत्पादन हो । दूध मानिसले खाद्य पदार्थको रुपमा प्रयोग गर्दछन् । त्यसैले गाई भैंसी पालक कृषकहरुले जतिसक्दो बढी दूध उत्पादन कसरी गर्न सकिन्छ त्यसमा तल्लिन रहनुपर्दछ । आफ्नो फार्ममा कसरी सफा दूध र स्वच्छ हाईजेनिक दूध उत्पादन गर्न सकिन्छ, त्यसमा ध्यान दिनु पर्छ । जुन दूध किटाणु र विषाणुबाट मुक्त र मानव उपयोगी हुनुपर्छ । दूधको स्वच्छता कायम राख्नको लागि उत्पादन संकलन प्रशोधन र बजारीकरणसम्म उचित ध्यान दिनुपर्दछ ।

-ध्यान दिनुपर्ने कुराहरुः
१. गाई भैसींको गोठ व्यवस्थापन
२. गाई भैंसीको स्वास्थ्य व्यवस्थापन
३. गाई भैंसीको आहाराको व्यवस्थापन
४. दूध दुहुने व्यक्तिको स्वास्थ्य व्यवस्थापन
५. दूध दुहुने भाडाको सरसफाई
६. दूध संकलन तथा ढुवानी व्यवस्थापन

जनचेतना फैल्याइ नकारात्मक सामाजिक मान्यताहरु हटाउनका लागि नेपालमा पनि केहि वर्ष यतादेखि विश्व दुग्ध दिवस मनाइदै आएको छ । यस वर्ष ‘दिर्घ जिवन, गुणस्तरिय दुग्ध पदार्थको सेवन’ ‘CONSUMPTION OF QUALITY MILK & MILK PRODUCTS FOR LONGEVITY’ भन्ने मुल नाराका साथ विभिन्न कार्यक्रमहरुको आयोजना गरी विश्व दुग्ध दिवस २०२२ मनाइएको छ ।

यस अवसरमा भेटेरीनरी पेशाको महत्ववारे सचेतना फैलाउने र यस पेशालाई मर्यादित बनाउनको लागि नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (NELTA) ले पनि यो अभियानमा हातेमालो र सहयोग गर्दै आईरहेको छ भने, पछि पनि गर्दै जाने विश्वास व्यक्त गरिएको छ ।

‘हामी सवै दुधमा मन जयपशुधन’

लेखक पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय गण्डकी प्रदेशका प्राविधिक अधिकृत एवं नेल्टाका महासचिव हुन् ।

 

You might also like

Comments are closed.