सूर्य बहादुर अधिकारीद्वारा नेशनल प्याब्सनको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन) को आसन्न सातौँ राष्ट्रिय महाधिवेशनमा केन्द्रिय वरिष्ठ उपाध्यक्ष पदमा सूर्य बहादुर अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् ।

शैक्षिक मुद्दाको न्यायोचित समाधानका लागि आफू पदमा रहँदा वा नरहँदा निरन्तर लागिरहेको र अब आउँदा दिनमा पनि लाग्दै संगठनमा सक्रिय नेतृत्व प्रदान गरि सबै किसिमका विद्यालयका समस्या हल गर्न आफू प्रतिबद्ध रहने उनले बताएका छन् ।

सहजतामा मात्र नभई संकटमा पनि साथ निजी विद्यालय सदैव बालबालिका माझू भन्ने मूल नारालाई आत्मसाथ गर्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन) को आसन्न सातौँ राष्ट्रिय महाधिवेशनमा अधिकारीले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिन लागेका हुन् ।

जोसेफ स्कुलका संस्थापक समेत रहेका अधिकारीले शिक्षामा निजी क्षेत्रको लगानीको सुनिश्चितता गर्दै कम्पनीको संरक्षणका लागि आफ्नो मुख्य प्रतिबद्धता रहेको बताए । नेशनल प्याब्सनलाई संस्थागत रुपमा सबल र समृद्ध बनाउन सबै विद्यालयहरुको हकहित संरक्षण र प्रबर्द्धन गर्न हाल समस्यामा छात्रबृत्ती नीतिलाई निस्कृय बनाउने लगायतका सबै समस्याको उपाय खोज्न आफू प्रतिबद्ध रहेको अधिकारीले ब्यक्त गरेका छन् ।

नेशनल प्याब्सनमा अधिकारी २०५४ सालदेखि निरन्तर सक्रिय छन् । संस्थामा उनी एक कार्यकाल केन्द्रीय सदस्य, दुई कार्यकाल केन्द्रिय कोषाध्यक्ष, एक कार्यकाल केन्द्रीय उपाध्यक्ष, एक कार्यकाल वरिष्ठ उपाध्यक्षमा रहि काम गरिसकेका छन् भने अन्तरास्ट्रिय मानवअधिकारवादी संस्थाको केन्द्रिय अध्यक्षमा आफ्नो कुशल नेतृत्व प्रदान गरिसकेका छन् । शिक्षामा निजी क्षेत्रको लगानीको सुनिश्चितता गर्नु नै आफ्नो मुख्य प्रतिबद्धता रहेको अधिकारीले बताए । महाधिवेशन यही फागुन २२ र २३ गते बाँकेको नेपालञ्जमा हुँदैछ ।

You might also like

Comments are closed.