अधिकारी र तिवारी ‘एमआरडिटी ग्लोबल कन्फरेन्स २०२५’ क्लबमा

काठमाडौं । पोखरा २८ का बीमा अभिकर्ता महेश अधिकारी ‘एमआरडिटी ग्लोबल कन्फरेन्स २०२५’ सहभागिताका लागि योग्य भएका छन् ।

बीमा अभिकर्ताको लाइसेन्स लिएको १५ दिनमै आफू र आफन्तको बिमा गराइ उनी उक्त क्लबमा परेका हुन् ।

वैदेशिक रोजगारमा १० वर्षको अनुभव संगालेका अधिकारी सूर्यज्योती लाइफ इन्सुरेन्स कम्पनी लि. नयाँबजार पोखरा शाखामा कार्यरत छन् ।

त्यस्तै सोही शाखामा कार्यरत बीमा अधिकर्ता घनश्याम तिवारी पनि सो क्लबमा पर्न सफल भएको ब्रान्च म्यानेजर सूर्य चापाईंँले जानकारी दिए। पोखरा २८ नै निवासी तिवारी हार्डवयर व्यवसायमा आबद्ध छन् ।

lcci
You might also like

Comments are closed.