सूर्योदय वोमी लघुवित्तको १५औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको १५औँ वार्षिकोत्सव सोमबार ललितपुरको महालक्ष्मी–४, बोचुहाइटस्थित संस्थाको कर्पोरेट कार्यालयमा विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत मोक्ष प्रसाद पंगेनीको अध्यक्षतामा आयोजित कार्यक्रममा संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत, ललितपुरको प्रहरी प्रभाग इमाडोलका प्रहरी प्रतिनिधि, उच्च व्यवस्थापनका कर्मचारी, कर्पोरेट तथा शाखा कार्यालयमा कार्यरत कर्मचारी र स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सुरुवातमा संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्यले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमबारे जानकारी गराएका थिए ।

कार्यक्रमका क्रममा प्रमुख कार्यकारी अधिकृत पंगेनीले संस्था स्थापनादेखि हालसम्मको यात्राबारे चर्चा गर्दै विपन्न वर्गलाई वित्तीय सेवा प्रदान गरेर उनीहरूलाई आत्मनिर्भर बनाउने कार्यमा संस्थाले महत्वपूर्ण योगदान दिएको बताए। उनले देशको अर्थतन्त्रमा लघुवित्त संस्थाहरूको भूमिका महत्वपूर्ण रहेको पनि उल्लेख गरे ।

कार्यक्रममा संस्थामा निरन्तर १० वर्ष सेवा गरेका कर्मचारीहरूलाई सम्मान गरिएको थियो । साथै ललितपुरको प्रहरी प्रभाग इमाडोललाई आवश्यक स्टेशनरी सामग्री हस्तान्तरण गर्दै मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रमको सहजीकरण संस्थाका कर्मचारी लक्ष्मी अर्यालले गरेका थिए । सूर्योदय वोमी लघुवित्तले हाल देशका ७ वटै प्रदेशका ५५ जिल्लामा १६७ शाखा कार्यालयमार्फत करिब १ लाख ९५ हजार ग्राहक सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ ।

You might also like

Comments are closed.