ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुसन र भूमिनन्दनको उम्मेदवारी

ललितपुर । ललितपुर उद्योग वाणिज्य संघको ४७ औं वार्षिक साधारण सभा अन्तर्गत नयाँ नेतृत्व चयनका लागि बुधबार उम्मेदवारी मनोनयन दर्ता भएको छ । संघको निर्वाचन अन्तर्गत मुख्य पदहरूमा कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

अध्यक्षका लागि सुसन महर्जन र भूमि नन्दन कर्माचार्यले उम्मेदवारी दर्ता गराएका छन् । वरिष्ठ उपाध्यक्षका लागि आपु लाल अवाले, रूप कुमार शाक्य र सुनिल शाक्य मैदानमा उत्रिएका छन् । उपाध्यक्षतर्फ उद्योग क्षेत्रबाट रमेशसिं महर्जन र सजना श्रेष्ठ (नेम्कुल), वाणिज्य क्षेत्रबाट महेश श्रेष्ठ र संजय अमात्य (श्रेष्ठ) तथा संस्थागत क्षेत्रबाट कृष्ण प्रसाद संजेल, पूर्ण बहादुर महर्जन र सुबिन बज्राचार्यको उम्मेदवारी परेको छ ।

त्यस्तै, महासचिवमा मिलन शाक्य र राजु महर्जनबीच प्रतिस्पर्धा हुने भएको छ भने कोषाध्यक्षका लागि प्रबिण ताम्राकार, मुकुन्द महर्जन र शर्मिला श्रेष्ठ जोशीले उम्मेदवारी दिएका छन् ।

कार्यसमितितर्फ उद्योग क्षेत्रबाट प्रतिनिधित्व गर्ने ६ पदका लागि अनिल महर्जन, आशिष शाक्य, गंगा महर्जन, चन्द्र महर्जन, दिनेशानन्द शाक्य, प्रबिन बज्राचार्य, बाबु रत्न महर्जन, बिष्णु लाल सिकर्मी, रजना श्रेष्ठ जोशी, रत्न मुनी ब्रम्हाचार्य, सुविन मान जोशी र सुरेश महर्जनले मनोनयन दर्ता गराएका छन् ।

वाणिज्य क्षेत्रतर्फका ७ पदका लागि अनिल बज्राचार्य, इच्छा मान महर्जन, उपेन्द्र लाखे, चैत्यतारा बज्राचार्य, दिवश श्रेष्ठ, प्रशम राज बज्राचार्य, विकम बज्राचार्य, महेश्वर लाल, रोकंश अवाले, लक्ष्मी कृष्ण श्रेष्ठ, सर्जु सिं महर्जन, सानुमैया शाक्य, साम्राज्य देव श्रेष्ठ, सुरेश शाक्य र हरि राम जोशी चुनावी मैदानमा छन् । संस्थागत क्षेत्रबाट प्रतिनिधित्व गर्ने १ पदका लागि शम्भू प्रसाद बराही र श्रवण कुमार सिंह माथेमाको उम्मेदवारी दर्ता भएको छ । एशोसिएट क्षेत्रतर्फको १ पदमा रबि महर्जन निर्विरोध भएका छन् ।

You might also like

Comments are closed.