काठमाडौं । फेसियल हाउसकी प्रबन्ध निर्देशक एवं वरिष्ठ सौन्दर्यविद् सुष्मा महरा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड’बाट सम्मानित भएकी छन् ।
सिजन मिडियाद्वारा आइतबार आयोजित अवार्ड वितरण समारोहमा महरालाई ‘आइकोनिक लिडरशिप इन ब्युटी इन्डस्ट्री’ अवार्डबाट सम्मान गरिएको हो। महरालाई गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, नेपालका लागि बंगलादेशका राजदूत तथा सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले संयुक्त रूपमा सम्मान गरेका थिए ।
सौन्दर्य व्यवसायको क्षेत्रमा लामो समयदेखि सक्रिय महराले फेसियल हाउसको नेतृत्व गर्दै सौन्दर्य व्यवसायलाई व्यावसायिक, मर्यादित र आत्मनिर्भर रोजगारीको क्षेत्रका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी छन् । उनको नेतृत्वमा फेसियल हाउसले सौन्दर्य सेवासँगै महिला रोजगारी तथा सीप विकासमा समेत योगदान पुर्याउँदै आएको छ।




Comments are closed.