सुस्वास्थ हस्पिटल ९ वर्षमा प्रवेश, नसा च्यापिएका बिरामीको उपचारमा ९० प्रतिशत सफलता

काठमाडौं । नेपालकै उत्कृष्ट प्राकृतिक चिकित्सा अस्पताल बनाउने लक्ष्यसहित स्थापित सुस्वास्थ हस्पिटलले स्थापनाको आठ वर्ष पूरा गरेको छ । औषधिविहीन उपचार पद्धतिलाई एकीकृत रुपमा प्रयोग गरी रोगीको उपचार तथा निरोगीको स्वास्थ्य प्रवर्द्धनको उद्देश्यसहित २०७२ साल माघ १ देखि सेवा सुरु गरेको अस्पताल आजदेखि ९ वर्षमा प्रवेश गरेको हो ।

अस्पतालले नसा तथा हाडजोर्नीका रोगीहरूको उपचार तथा व्यवस्थापन गर्दै आएको छ । अस्पतालले वार्षिक १३ सयभन्दा बढी नयाँ बिरामीको उपचार गर्दै आएको छ । अस्पतालमा नसा च्यापिएको बिना अपरेसन उपचार, हड्डी खिइएको उपचार, पक्षघातको उपचार, माइग्रेन, अनिद्रा, डिप्रेसन र इन्जाइटीका बिरामी उपचारका लागि बढी आउने गरेका छन् । नसा च्यापिएका बिरामीको उपचारमा अस्पतालले ९० प्रतिशत सफलता प्राप्त गरेको छ ।

अस्पतालले रोगीको उपचारका साथै रोगी तथा निरोगीलाई स्वस्थ रहन आवश्यक स्वास्थ्य शिक्षा पनि प्रदान गरिरहेको छ ।

त्यस्तै विभिन्न संघसंस्थामा कार्यरत कर्मचारीका लागि कम्मर र गर्धनको समस्याबाट बच्ने तरिका, आसन र कसरत पनि सिकाउने गरिएको छ । सञ्चारमाध्यम, कलेज, स्कुल, बैँक तथा वित्तीय संस्था र विभिन्न कर्पोरेट कार्यालयका कर्मचारीलाई कम्मर र गर्धनको समस्याबाट बच्ने उपाय सिकाइएको हो । यसबाट २ सयभन्दा बढी कर्मचारी लाभान्वित भएको एक्यूपंक्चरिष्ट तथा अस्पतालका अध्यक्ष सुदर्शन बस्नेतले जानकारी दिए ।

‘काठमाडौँको मीनभवनमा रहेको सुस्वास्थ हस्पिटलले सामाजिक उत्तरदायित्व वहन गर्दै हालसम्म देशका विभिन्न १२ स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ, जहाँ ५ हजारभन्दा बढी बिरामीले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन्,’ उनले भने ।

स्वास्थ्य जनचेतना अभियानअन्तर्गत कम्मर र गर्दनको हेरचाह गर्ने र आफैं व्यवस्थापन गर्ने तरिका सिकाउने कार्य पनि हालसम्म १० स्थानमार्फत १५ सय जनालाई गरिसकेको अस्पतालले जनाएको छ ।

सुस्वास्थ हस्पिटल त्रिपुरेश्वरबाट २०५६ सालदेखि अकुपञ्चर विधिबाट उपचार गर्ने गरी स्थापना भएको वैकल्पिक उपचार सेवा केन्द्रलाई विस्तारित रुप हो । आयुर्वेद विभागबाट १५ शय्याको स्वीकृति लिएर सञ्चालनमा आएको अस्पतालले सेवा विस्तारका लागि प्रदेशस्तरमा शाखा स्थापनाको तयारी पनि गरिरहेको छ । अस्पतालमा हाल प्राकृतिक चिकित्सक, अकुपञ्चरिस्ट, फिजियोथेरापिस्टसहित २५ कर्मचारी कार्यरत छन् ।

lcci
You might also like

Comments are closed.