सुजुकीको ग्राण्ड भिटारा र नयाँ ब्रेजा नेपाली बजारमा

काठमाडौं । सुजुकी गाडीको नयाँ गाडी एसयूभी ‘द ग्राण्ड भिटारा’ र ‘ब्रेजा’ नेपाली बजारमा सार्वजनिक भएको छ । शुक्रबार एक कार्यक्रमबी नेपालका लागि सुजुकी व्राण्डको चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सिजी होल्डिङ्स अन्तर्गतको सिजी मोटोकर्प तथा सिजी नेक्टजेनले नयाँमा यी गाडी सार्वजनिक गरेको हो । कम्पनीका अध्यक्ष अरुण चौधरी र कार्यकारी निर्देशक करण चौधरीले ललितपुरको धोवीघाटस्थित सुजुकी शोरुममा शुक्रबार एक कार्यक्रमबीच यी गाडीको बिक्री सुरुवात गरेका हुन् । यी दुवै गाडी सुजुकीको लागि नेपालभरका सबै डिलरमा बिक्री तथा बुकिङ खुल्ला भएको कम्पनीले जनाएको छ ।

‘द ग्राण्ड भिटारा’, सुजुकीको बहुप्रतिष्ठित मोडेल हो र यो नयाँ संस्करणको ग्राण्ड भिटारामा सुजुकीको आफ्नै ‘क्राफ्टेड फ्युचरिजम डिजाइन ल्याङवेज’को प्रयोग गरिएको छ । जसले अरु भन्दा फरक बाहिरी डिजाइन र प्रिमियम इन्टेरियर प्रदान गरेको छ । सुजुकीको लेजेण्डरी ‘अल ग्रिप’ टेक्नोलोजीले उक्त एसयूभीको अफ–रोड क्षमता बढाउनेछ । यो सेग्मेन्टको एसयूभीमा नभएको थुप्रै नयाँ फिचर्सहरु पनि पाउन सकिन्छ । ग्राण्ड भिटारामा भारतीय बजारमै पहिलो पटक, अत्याधुनिक र कम इन्धन खपत गर्ने ‘फुल हाइब्रिड’ प्रविधियुक्त इन्जिन प्रयोग गरिएको छ ।

‘पुरानो संस्करणको भिटारा ब्रेजा, नेपालकै सर्वाधिक बिक्री हुने एसयूभी हो । ब्रेजामा अत्याधुनिक प्रविधिहरू र नेक्स्ट–जेनेरेशनको आराम र सुविधाजनक फिचर्सहरु पाउन सकिनेछ । एक ठूलो फड्को मार्दै, यो स्पोर्टी एसयूभीले स्टाइलिश र रोमाञ्चक नयाँ डिजाइन, शक्तिशाली पर्फोमेन्स, उन्नत सुरक्षा सुविधाहरू प्रदान गर्दछ । नयाँ ब्रेजामा हाई–टेक सुविधाहरू छन् जुन सहर र बाहिर सडकहरूमा ड्राइभ गर्दा वास्तवमै उपयोगी हुन्छन्,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

jutta mela

निकै प्रतिस्पर्धी एसयूभी सेग्मेंटमा यी दुई एसयूभीले सुजुकीको उपस्थितिलाई अझै मजबुत बनाउने बिश्वास कम्पनीले लिएको छ । पछिलो समयमा नेपाली बजारमा एसयूभीको माग उच्च रहेको बताउँदै कम्पनीका कार्यकारी निर्देशक करण चौधरीले भने, ‘यसको एउटा प्रमुख कारण हाम्रो देशमा रहेको फरक फरक ड्राइभिङ कन्डिसन हुन् जसको लागि एसयूभी उचित हुन्छ ।’ ग्राहकबर्गले आकर्षक डिजाइन, आरामदायी इन्टेरियर, नयाँ नयाँ अटो मोबाइल प्रविधियुक्त सवारी नै रोज्ने गरेको बताउँदै उनले सेगमेन्ट–फर्स्ट सुविधाहरू, प्रिमियम इन्टेरियर, आकर्षक डिजाइन र उन्नत अटो मोबाइल प्रविधियुक्त नयाँ ग्रान्ड भिटारा र ब्रेजा, यो सेगमेंटमा गेम चेन्चर हुने उनको विश्वास छ । सेफ्टी फिचर्स लगायत अन्य फिचर्सहरुले यो गाडी निकै प्रिमियम रहेको कम्पनीले जनाएको छ ।

त्यसैगरी न्यु ब्रेजामा स्पोर्टी अनुभवको लागि ड्यूल टोन कालो र ब्राउन इन्टेरियर (डाइनामिक हनीकोम्ब प्याटर्न, चालकको आराम र सुविधालाई ध्यान दिई बनाएको इन्टेरियर, थप आकर्षक बनाउन इन्स्ट्रुमेन्टल प्यानलमा सिल्वर फिनिश, गुणस्तर र प्रिमियम ड्यासबोर्ड डिजाइन, फरक ड्राइभिङ अनुभवको लागि इन्टेरियर एमबिएन्ट लाइट, फराकिलो इन्स्ट्रुमेन्टल प्यानल र रंगिन मल्टी इन्फरमेसन डिस्प्ले, फराकिलो पछाडीको सिट जसले लामो दुरीको यात्रालाई आराम्दाई बनाउने लगायतका फिचर्स उपलब्ध छन् ।

ग्राण्ड भिटाराको मूल्य ६३ लाख ९९ हजार रुपैयाँबाट सुरु भइ ८८ लाख २९ हजार रुपैयाँसम्म पर्नेछन् भने ब्रेजाको मूल्य ४४ लाख ९९ हजार रुपैयाँदेखि ५६ लाख २९ हजार रुपैयाँसम्म पर्नेछ ।

यसैगरी कम्पनीले यी दुवै गाडीको प्रिबुकिङ अफर खुल्ला गरेको थियो । प्रिबुकिङको समय फागुन २७ शनिबारसम्म जारी रहनेछ । प्रिबुकिङलाई मध्यनजर गर्दै शनिबार देशभरका शोरुम खुल्ला रहने बताइएको छ । प्रि बुकिङ गर्ने ग्राहकले ४ लाख रुपैयाँसम्म छुट प्राप्त गर्नेछन् ।

 

You might also like

Comments are closed.