सुजुकी ग्राण्ड भिटारा र नयाँ ब्रेजा पोखरामा, शनिबारसम्म बुकिङ गर्दा ४ लाख छुट

पोखरा । सुजुकी नयाँ गाडी एसयूभी ‘द ग्राण्ड भिटारा’ र ‘ब्रेजा’ पोखरामा बिक्री शुरु भएको छ । पोखरा क्षेत्रको लागि आधिकारिक बिक्रेता बतास व्रदर्श प्रालिले शुक्रबार एक कार्यक्रमबीच गाडी सार्वजनिक गरेको हो । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा)का अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, यातायात व्यवस्था कार्यालय गण्डकीका कार्यालय प्रमुख डिल्लीराज रिजाल र प्रालिका सिओओ राजेन रानाभाटले गाडीको अनावरण गरी बिक्री सुरुवात गरेका हुन् ।

गाडी शुभारम्भ भएको पहिलो दिनमा नै ३ वटा गाडी बुकिङ भएको प्रवन्धक नवराज अधिकारीले जानकारी दिए । ग्राण्ड भिटाराको मूल्य ६३ लाख ९९ हजार रुपैयाँबाट सुरु भइ ८८ लाख २९ हजार रुपैयाँसम्म पर्नेछन् भने ब्रेजाको मूल्य ४४ लाख ९९ हजार रुपैयाँदेखि ५६ लाख २९ हजार रुपैयाँसम्म पर्नेछ । उक्त मूल्यमा प्रिबुकिङको अवसरमा ४ लाख रुपैयाँसम्म छुट प्रदान गरिएको छ । शनिबारसम्म गाडी बुकिङ गर्ने ग्राहकले उक्त छुटको लाभ लिनसक्नेछन् । शनिबार पनि सुजुकी शोरुम खुल्ला रहने अधिकारीले जानकारी दिए ।

‘द ग्राण्ड भिटारा’, सुजुकीको बहुप्रतिष्ठित मोडेल हो र यो नयाँ संस्करणको ग्राण्ड भिटारामा सुजुकीको आफ्नै ‘क्राफ्टेड फ्युचरिजम डिजाइन ल्याङवेज’को प्रयोग गरिएको छ । जसले अरु भन्दा फरक बाहिरी डिजाइन र प्रिमियम इन्टेरियर प्रदान गरेको छ । सुजुकीको लेजेण्डरी ‘अल ग्रिप’ टेक्नोलोजीले उक्त एसयूभीको अफ–रोड क्षमता बढाउनेछ । यो सेग्मेन्टको एसयूभीमा नभएको थुप्रै नयाँ फिचर्सहरु पनि पाउन सकिन्छ । ग्राण्ड भिटारामा भारतीय बजारमै पहिलो पटक, अत्याधुनिक र कम इन्धन खपत गर्ने ‘फुल हाइब्रिड’ प्रविधियुक्त इन्जिन प्रयोग गरिएको छ ।

jutta mela

‘पुरानो संस्करणको भिटारा ब्रेजा, नेपालकै सर्वाधिक बिक्री हुने एसयूभी हो । ब्रेजामा अत्याधुनिक प्रविधिहरू र नेक्स्ट–जेनेरेशनको आराम र सुविधाजनक फिचर्सहरु पाउन सकिनेछ । एक ठूलो फड्को मार्दै, यो स्पोर्टी एसयूभीले स्टाइलिश र रोमाञ्चक नयाँ डिजाइन, शक्तिशाली पर्फोमेन्स, उन्नत सुरक्षा सुविधाहरू प्रदान गर्दछ । नयाँ ब्रेजामा हाई–टेक सुविधाहरू छन् जुन सहर र बाहिर सडकहरूमा ड्राइभ गर्दा वास्तवमै उपयोगी हुन्छन्,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

निकै प्रतिस्पर्धी एसयूभी सेग्मेंटमा यी दुई एसयूभीले सुजुकीको उपस्थितिलाई अझै मजबुत बनाउने बिश्वास कम्पनीले लिएको छ । पछिलो समयमा नेपाली बजारमा एसयूभीको माग उच्च छ ।

न्यु ब्रेजामा स्पोर्टी अनुभवको लागि ड्यूल टोन कालो र ब्राउन इन्टेरियर (डाइनामिक हनीकोम्ब प्याटर्न, चालकको आराम र सुविधालाई ध्यान दिई बनाएको इन्टेरियर, थप आकर्षक बनाउन इन्स्ट्रुमेन्टल प्यानलमा सिल्वर फिनिश, गुणस्तर र प्रिमियम ड्यासबोर्ड डिजाइन, फरक ड्राइभिङ अनुभवको लागि इन्टेरियर एमबिएन्ट लाइट, फराकिलो इन्स्ट्रुमेन्टल प्यानल र रंगिन मल्टी इन्फरमेसन डिस्प्ले, फराकिलो पछाडीको सिट जसले लामो दुरीको यात्रालाई आराम्दाई बनाउने लगायतका फिचर्स उपलब्ध छन् ।

You might also like

Comments are closed.