सुजुकीले शुरु गर्यो ‘वर्कसप अन ह्वील’

काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजीे होल्दिन्ग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले ग्राहकको घर दैलोमै गाडी मर्मतको लागि वर्कसप अन ह्वील Workshop on Wheels सुरु गरेको छ ।

स्मार्ट वो वर्कसपको नयाँ पहलले सुजुकी ग्राहकले आफनो घर दैलोमै आफ्नो सवारी मर्मत गराउन सक्ने बताइएको छ । कम्पनीका अनुसार वर्कसप अन ह्वीलमा सबै आधुनिक प्रविधि र उपकरणहरू राखिएका छन् जसले सामान्य सर्भिस, मर्मत, तथा अरु गाडी सम्बन्धि कार्य गर्नेछन् ।

सुजुकीको अफ्टर सेल्स तथा पार्ट्सका महाप्रबन्धक श्याम श्रेष्ठका अनुसार ,“ यो नयाँ पहल हाम्रो ग्राहक माझमा ल्याउन पाउदा हामी हर्षित छौं । यो चार पांग्रे सवारी मा निर्मित एउटा आधुनिक वर्कसप हो जसले ग्राहकको सबै सर्भिस सम्बन्धि कार्य गर्नेछ । यो सुबिधाले आपतकालीन सडक सहायता गर्नुको साथै ग्राहकको सुविधाजनक स्थान मा पुगी सेवा दिनेछ ।

यो सेवा हाल काठमाडौँ , पोखरा, भैरहवा र नारायणगढमा उपलब्द छ र चाडै नेपालका सम्पूर्ण प्रमुख सहरमा उपलब्ध हुने छ।

 

You might also like

Comments are closed.