सुजुकी जिम्नी रारा एडभेन्चर राइड सम्पन्न, अफ रोडिङ क्षमता उत्कृष्ट

काठमाडौं । नेपालका लागि सुजुकी ब्राण्ड चार पाँग्रे सवारी साधनको आधिकारिक वितरक सिजी होल्डिङस अन्तर्गतको अटोमोटिभ डिभिजन सिजी मोटोकर्प तथा सिजी नेक्स्टजेनले जिम्नी रारा एडभेन्चर, ‘अ राईड विथ अ कज’ सम्पन्न गरेको छ ।

जिम्नी सवारी धनीहरुले जिम्नीको वास्तविक क्षमता पत्ता लगाउन सकुन भन्ने उद्देश्यका साथ राइड आयोजना गरिएको कम्पनीले जनाएको छ । वैशाख २३ देखि २९ सम्म सम्पन्न भएको सो राइड बुटवल, सुर्खेत, कालिकोट, रारा, जुम्ला हुँदै सुर्खेतमा समापन भएको थियो । बुटवलबाट सुरु भएको रारा एडभेन्चर राइडमा मारुती सुजुकी इंडिया लिमिटेडका डिभिजनल म्यानेजर अनिल सैनीले जिम्नीको ५ दशकभन्दा लामो बिरासत र यसको अफ रोडिङ क्षमताको बारे प्रकाश पारे । विश्व भर नै जिम्नी एउटा लाइफ स्टाइल एसयूभीको रुपमा लोकप्रिय भएको उनको भनाइ छ । ९० भन्दा धेरै देशहरुमा लन्च भएको जिम्नी ३० हजार भन्दा धेरै युनिट बिक्री भइसकेको छ ।

राइडमा १० वटा जिम्नी गाडीको सहभागीता थियो । राइडलाई अझै अर्थपूर्ण बनाउन कालिकोट क्षेत्रस्थित सरस्वती आधारभूत विद्यालयलाई २ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । १३५ भन्दा बढी विद्यार्थी अध्यनरत सो विद्यालयलाई कालिकोटमा एउटा सहयोग कार्यक्रम आयोजना गरी मुलपानी –८, कालिकोटका वडा अध्यक्ष लाल बहादुर बिस्टको उपस्थितिमा हस्तान्तरण गरिएको हो ।

राइडमा सहभागी जिम्नी ग्राहक शिव श्रेष्ठले आफ्नो अनुभव सुनाउदै जिम्नी राइड गरी रारा पुग्दा छुट्टै आनन्द प्राप्त भ्एको बताए । ‘जिम्नीको अफ रोडिङ क्षमता उत्कृष्ट लाग्यो,’ उनले भने । अर्का ग्राहक आदित्य थापाले सोलो राइड धेरै पटक गएको बताउँदै जिम्नी ओनर्स बनेर जाँदा झनै रमाइलो भएको अनुभव सुनाए ।

कार्यक्रम बारे बोल्दै सिजी मोटोकर्प तथा सिजी नेक्स्टनेजका महाप्रबन्धक सिरज पन्तले अफ रोडिङ क्षमतामा जिम्नी उत्कृष्ट रहेको राइडरहरुले महसुस गर्न सफल भएको बताए ।

lcci
You might also like

Comments are closed.