इन्डियन कार अफ द इयर २०२५: सुजुकीको नयाँ “Victoris” सार्वजनिक

काठमाडौं । नेपालका लागि सुजुकी गाडीको आधिकारिक विक्रेता सीजी मोटोकर्पले नेपाली बजारमा आफ्नो अहिलेसम्मकै सबैभन्दा धेरै सुविधायुक्त (Most Feature Loaded) नयाँ SUV ‘VICTORIS’ सार्वजनिक गरेको छ । भविष्यमुखी डिजाइन, विलासी आराम र बौद्धिक प्रविधिको उत्कृष्ट सम्मिश्रणका रूपमा यो गाडीलाई बजारमा उतारिएको हो ।

नयाँ सुजुकी भिक्टोरिसमा ग्राहकले तीनवटा इन्जिन विकल्पहरू पाउनेछन्:

  • स्ट्रङ्ग हाइब्रिड (Strong Hybrid): जसले २८.६५ किमी प्रति लिटरको उत्कृष्ट माइलेज दिन्छ ।

  • अल-ग्रिप (ALLGRIP Select – 4×4): कठिन बाटोका लागि अटो, स्नो, स्पोर्ट र लक मोडसहितको ४ ह्वील ड्राइभ प्रणाली ।

  • १.५ लिटर स्मार्ट हाइब्रिड पेट्रोल: जुन म्यानुअल र अटोमेटिक दुवै ट्रान्समिसनमा उपलब्ध छ ।

सुरक्षालाई उच्च प्राथमिकता दिँदै यो SUV ले ५-स्टार ग्लोबल NCAP रेटिङ हासिल गरेको छ । यसमा आधुनिक लेभल-२ ADAS (Advanced Driver Assistance System) प्रणाली जडान गरिएको छ, जसमा अटोडिमेन्टिक इमर्जेन्सी ब्रेक, एडाप्टिभ क्रुज कन्ट्रोल र लेन किप असिस्ट जस्ता १० भन्दा बढी सुविधाहरू छन् । साथै, ६ वटा एअरब्याग, ३६० डिग्री भ्यू क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टम (TPMS) र एन्टी-लक ब्रेकिङ सिस्टम (ABS) जस्ता सुरक्षा विशेषताहरू यसमा मानक (Standard) का रूपमा रहेका छन् ।

गाडीको भित्री भागलाई ‘थिएटर अन ह्विल्स’ को अनुभव दिन Harman द्वारा निर्मित Dolby Atmos ५.१ सराउन्ड साउन्डसहितको ८-स्पिकर इन्फिनिटी प्रिमियम साउन्ड सिस्टम राखिएको छ । यसका अन्य प्रमुख आकर्षणहरू हुन्:

  • १०.१ इन्चको स्मार्टप्ले प्रो एक्स टचस्क्रिन र १०.२५ इन्चको पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर ।

  • अलेक्सा अटो भ्वाइस AI र ३५ भन्दा बढी स्मार्ट फिचर्स ।

  • हावाको शुद्धताका लागि AQI डिस्प्लेसहितको PM2.5 एअर फिल्टर ।

  • ६४ रङमा परिवर्तन गर्न मिल्ने एम्बियन्ट लाइटिङ र प्यानोरामिक सनरुफ ।

भिक्टोरिसमा हातको प्रयोग नगरीकन बुट (डिकी) खोल्न मिल्ने Smart Powered Tailgate (Gesture Control) सुविधा छ । चालकको सहजताका लागि ८-वे पावर्ड एड्जस्टेबल ड्राइभर सिट, भेन्टिलेटेड फ्रन्ट सिट्स र कुलिङ फ्यानसहितको वायरलेस स्मार्टफोन चार्जर पनि उपलब्ध छ ।

यो SUV १० वटा आकर्षक रङहरूमा उपलब्ध छ । सीजी मोटोकर्पले यसको प्रारम्भिक लन्चिङ मूल्य नेपाली ५० लाख ९९ हजार रुपैयाँ तोकेको छ । साथै, पहिलो ५० जना बुकिङ गर्ने ग्राहकहरूका लागि२ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

लन्चिङ कार्यक्रममा सीजी मोटोकर्पका प्रबन्ध निर्देशक करण कुमार चौधरीले भने , आजका आधुनिक र वातावरणप्रति जिम्मेवार नेपाली ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै हामीले भिक्टोरिस ल्याएका हौँ । ल्याटिन भाषामा ‘विजय’ अर्थ लाग्ने यो गाडीले आफ्नो ५-तारे सुरक्षा र प्रविधिका कारण नेपाली ग्राहकको मन जित्नेमा हामी विश्वस्त छौँ ।”

 

SPECIFICATION PETROL STRONG HYBRID
Length (mm) 4360
Width (mm) 1795
Height (mm) 1655
Wheelbase (mm) 2600
Turning Radius (m) 5.4
Fuel Efficiency (kmpl) 21.18 (MT), 21.06 (AT), 19.06 (Allgrip AT) 28.65 (Strong Hybrid Petrol e-CVT)
Fuel Tank Capacity (L) 45 45
Seating Capacity (nos) 5
Kerb Weight (kg) 1145-1195 (MT), 1185-1225 (AT), 1285-1305 (AllGrip AT) 1755
ENGINE
Engine Type K15C Smart Hybrid M15D
Displacement (cc) 1462 1490
Fuel Type Petrol Petrol (Strong Hybrid)
Max Power 103.06 Ps @6000 rpm 92.45 Ps @5500 rpm
Max Torque 139 Nm @4300 rpm 122 Nm @3800-4800 rpm
Hybrid/Electric
Total System Power (Ps) 115.56 Ps
Battery Type Lithium -Ion
Battery Voltage 177.6 V
Motor Generator AC Synchronous Motor
Max Power (kW/rpm) 59 @3995
Max Torque (Nm/rpm) 141 @ 3995
ISG 12 V-6Ah (Li-ion)
TRANSMISSION
Type 5MT/ 6AT e-CVT
DRIVE
Type 2WD/AWD (All Grip Select) 2WD
BRAKES AND SUSPENSION
Front Brakes Disc
Rear Brakes Disc
Front Suspension Mcpherson Strut
Rear Suspension Tosion Beam
WHEEL
Tyre Size 215/60 R17

 

 

 

You might also like

Comments are closed.