काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड (SMFBS) ले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
संस्थाले कुल १० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशमध्ये ९.५ प्रतिशत बोनस शेयर रहेको छ भने ०.५ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि छुट्याइएको जनाएको छ ।
फागुन १५ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक बाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्रै शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ ।




Comments are closed.