काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँट सम्पन्न भएको छ । उक्त बाँडफाँट नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा भएको हो, जसले लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी निर्वाह गरेको छ ।
लघुवित्तले गत साउन ३० गतेदेखि भदौ ३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १ लाख ९५ हजार १९५ कित्ता शेयर निष्काशन गरेको थियो । सो आईपीओमा २४ लाख ४० हजार ४६० आवेदकले कुल २ करोड ७४ लाख ६४ हजार ५७० कित्ता शेयरका लागि आवेदन दिएका थिए । जसमध्ये २४ लाख ३६ हजार ३९३ आवेदन स्वीकृत भएका थिए भने २ हजार ३०० आवेदन रद्द भएका थिए ।
मागभन्दा अत्यधिक आवेदन परेकाले गोलाप्रथा मार्फत बाँडफाँट गरिएको हो। परिणामस्वरूप १९ हजार ५१९ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । बाँकी ५ कित्ता शेयर पनि सोही लगानीकर्ताहरुमाझ वितरण गरिँदा थप ५ जनाले ११ कित्ताका दरले शेयर पाएका छन् ।
यसरी कुल १९ हजार ५२४ जनाले स्वस्तिक लघुवित्तको आईपीओमा शेयर प्राप्त गरेका छन् ।
Comments are closed.