साउथवेस्टर्न स्टेट कलेजमा ‘कोलावरेटिभ लर्निङ एण्ड इफेक्टिभ क्लासरुम म्यानेजमेन्ट’ तालिम

काठमाडौं । काठमाडौंको बसुन्धरामा रहेको साउथवेस्टर्न स्टेट कलेजमा ‘कोलावरेटिभ लर्निङ एण्ड इफेक्टिभ क्लासरुम म्यानेजमेन्ट’ सम्वन्धी तालिम सम्पन्न भएको छ । कलेजको फ्याकल्टी डेभलपमेन्ट सेलको आयोजनामा शनिबार तालिम भएको हो ।

प्रभावकारी शिक्षण सिकाई गतिविधि र संकायको व्यावसायिक वृद्धि गर्नका लागि कलेजका फ्याकल्टी मेम्वरहरुको लागि तालिम आयोजना गरिएको कलेजका प्रिन्सिपल डा. राजेन्द्र के.सीले जानकारी दिए ।

तालिमको कि नोट स्पिकरमा काठमाडौं युनिभर्सिटी स्कुल अफ एजुकेसनका एसोसिएट डिन डा. धनपती सुवेदी थिए । शिक्षण सिकाई गतिविधिमा कक्षाकोठा व्यवस्थापन पनि महत्वपूर्ण पाटो रहेको र सही तरिकाले व्यवस्थापन गर्नुपर्ने सुवेदीले बताए ।

कार्यक्रममा सहभागी भई कक्षाकोठा व्यवस्थापनको सन्दर्भमा व्यावसायिक सिप हासिल गरेकोमा सहभागीलाई कलेजले बधाई ज्ञापन गरेको छ साथै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पुर्णमा आभार व्यक्त गरेको छ ।

You might also like

Comments are closed.