के.जी. इन्टरकन्टिनेन्टलद्वारा एसवाईएमको शोरुम उद्घाटन, बुकिङ खुल्ला

काठमाडौं । के.जी. इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपाली बजारमा भित्र्याएको एसवाईएम (SYM) कम्पनीको मोटरसाइकलको शोरुम उद्घाटन भएको छ । बिहीबार भर्चुअल माध्यमबाट एक कार्यक्रमबीच शोरुमको उद्घाटन गरिएको हो । कम्पनीका प्रवन्ध निर्देशक आरिष राजकर्णिकारले शोरुमको भर्चुअल माध्यमबाट उद्घाटन गरेका हुन् ।

काठमाडौंमा कमलपोखरी, टेकु, चाबहिल र बनेपा तथा संखुवासभा, इलाम, पोखरा, चितवन, हेटौंडा एसवाईएमको शोरुम सञ्चालनमा आएको जनरल म्यानेजर प्रमिला खत्रीले जानकारी दिइन् । शोरुम उद्घाटनसँगै एमवाईएमको बुकिङसमेत खुल्ला भएको छ ।

एसवाईएम ताइवानको उत्पादन हो । यो ब्राण्ड अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय रहेको खत्रीले बताइन् । पहिलो चरणमा कम्पनीले एसवाईएम एनएचटी२०० बाइक नेपाली बजारमा भित्र्याइएको छ । अन्य देशमा जस्तै यो मोटरसाइकल नेपाली बजारमा पनि लोकप्रिय हुने कम्पनीले विश्वास लिएको छ ।

MANASLU

यो बाइक १८३ सिसीमा बजारमा उपलब्ध छ । एफआई इन्जिन, लिक्विड कुलिङ इन्जिन, सिट हाइट ८१०एमएम, फ्युल ट्याङक ११ लिटर लगायतका विशेषता यसमा छन् । अत्याधिक पावर १३.५ किलोवाट, ८५०० आरपिएम, अत्याधिक टर्क १५.७ एमएम र ७५०० आरपिएम छ । ६ वटा गियर स्पिड, डवल च्यानल एबिएस ब्रेकिङ सिस्टम लगायतका विशेषता यो मोटरसाइकलमा रहेका छन् । अगाडिको टायर साइज १००÷९०–१९ र पछाडिको टायर साइज १३०÷८०–१७ रहेको खत्रीले जानकारी दिइन् । यो बाइकमा फुल एलइडी लाइट छ । १२५ किमी पर आवर हाइस्पिड क्षमता छ । बाइकको माइलेज पनि राम्रो रहेको कम्पनीले जनाएको छ ।

यो बाइकको मूल्य नेपाली बजारमा ६ लाख रुपैयाँ तोकिएको छ । पहिलो सय जना ग्राहकले ५ लाख ४८ हजार ८ सय ८८ रुपैयाँमा बाइक खरिद गर्न सक्नेछन् । रेड, ब्राउन, ब्लु र ब्ल्याक कलरमा बाइक उपलब्ध छ ।

स्पेयर्स पार्टससमेत नेपाली बजारमा ग्राहकले सुपथ मूल्यमा प्राप्त गर्नसक्ने खत्रीले जानकारी दिइन् । बिक्री पछिको सेवालाई मध्यनजर गर्दै पाँच ठाउँमा कम्पनीले सर्भिस सेन्टर सञ्चालनमा ल्याइसकेको छ । एक वर्षभित्र नेपाली बजारमा एक हजार बाइक बिक्री गर्ने कम्पनीले लक्ष्य लिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...