तालचोक कृषि सहकारीद्वारा खाद्यान्न सहयोग

पोखरा । तालचोक कृषि सहकारी संस्था लिमिटेड पोखरा २७ ले आफ्नो स्थापना दिवश पारेर शुक्रबार श्रीकृष्ण प्रणामी बृन्दाबन धाम डाँडाकोनाकलाई खाद्यान्न सहयोग गरेको छ ।

सहकारीले बालबालिका लागि चामल दाल, तेल, आलु मसला, विस्कुट र चिउरा लगायतका खाद्यान्न सामाग्री हस्तान्तरण गरेको हो । खाद्यान्न सामाग्री हस्तान्तरण गर्दै, संस्थाका अध्यक्ष उत्तम भण्डारीले कोभिड १९ को संकटको समयमा आश्रममा सामाजिक उत्तरदायित्व अन्र्तगत सहयोग गरिएको बताए ।

संस्थाले चौथौ बार्षिकोत्सवको अवसर पारेर आश्रमलाई मास्क, सेनिटाइजर लगायतका सामाग्री समेत हस्तान्तरण गरेको हो । कार्यक्रममा श्रीकृष्ण प्रणामी तथा बृन्दाबन धामका गुरु स्वामी विष्णु बसिष्टले दाताहरुको सहयोगले आश्रमका रहेका जेष्ठ नागरिक र बालबालिकालाई दैनिक जीवनयापनमा सहज हुँदै आएको बताए ।

सहकारीका संस्थाका अध्यक्ष उत्तम भण्डारीको अध्यक्षतमा भएको कार्यक्रममा संस्थाका सचिव नवराज पौडेलले संचालन गरेका थिए । सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका पदाधिकारी र कार्यसमितिका सदस्यहरुको सहभागिता रहेको थियो । सहकारीमा तीन सय १० जना शेयर सदस्य रहेका छन् ।

You might also like

Comments are closed.