पोखरा । ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल(टान)ले नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशलाई आर्थिक सहयोग गरेको छ ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको निर्माणाधिन भवनको लागि ५० हजार रुपैयाँ सहयोग गरेको टान पश्चिमाञ्चलका अध्यक्ष हरि भुजेलले जानकारी दिए ।
टानको १६ औं अधिवेशनको अवसरमा महासंघलाई सो रकम हस्तान्तरण गरिएको हो ।
Comments are closed.