तनहुँको भीमादमा एक विद्यालय, एक कम्प्युटर अभियान

तनहुँ । तनहुँको भीमाद नगरपालिकाले एक विद्यालय, एक कम्प्युटर अभियान सञ्चालन गरेको छ । सो अभियानअन्तर्गत विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको छ ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागि नगरपालिकाभित्र रहेका ४३ विद्यालयलाई कम्प्युटर वितरण गरिएको छ । नगरपालिकाभित्र ४३ सामुदायिक तथा १२ संस्थागत विद्यालय सञ्चालनमा रहेको भीमाद नगरपालिकाकी सूचना अधिकारी टेकावती ढकालले जानकारी दिए । सामुदायिक विद्यालयका सबै शिक्षक शिक्षिकालाई तालिम प्रदान गरेपछि कम्प्युटर उपलब्ध गराएको हो ।

नरपालिकाका जनज्योति र सिद्धार्थ माध्यमिक विद्यालयमा कम्प्युटर शिक्षाको पढाइसमेत हुन थालेको छ । नगरपालिकाका दुई आधारभूत र एक माध्यमिक विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत चारकोठे भवन निर्माण गरिएको छ ।

jutta mela

सामुदायिक विद्यालयको अनुगमन एवं नियमन कार्यलाई प्रभावकारी बनाई सरकारी नीति नियमको पूर्ण पालना गर्न जिम्मेवार बनाइएको नगरप्रमुख दधिराज सुवेदीले जानकारी दिए ।प्रारम्भिक बालविकास केन्द्रलाई विद्यालय शिक्षाको अभिन्न अङ्गको रुपमा विकास गरी आवश्यकताका आधारमा सिकाई वातावरण सुधार, सहजकर्ताको क्षमता विकास एवं प्रोत्साहनको व्यवस्था मिलाइएको छ ।

विद्यालय तहदेखि खेल प्रतिभा प्रस्फुटनको वातावतरण सिर्जना गर्न विद्यालयस्तरीय खेलकुदलाई प्रोत्साहन गर्नुका साथै मेयर कप प्रतियोगितालाई निरन्तरता दिइएको उनले बताए ।

You might also like

Comments are closed.