तनहुँ क्षेत्र नं १ मा रामचन्द्र पौडेलको अग्रता कायम

तनहुँ । तनहुँ क्षेत्र नं १ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । प्रारम्भिक मतगणनामा कांग्रेसका रामचन्द्र पौडेलले अग्रता लिएका हुन् ।

प्रारम्भिक चरणमा एक हजार मत गणना भएको छ । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार पौडेलले चार सय ३९ मत पाएका छन् । नेकपा एमालेका एकबहादुर रानाले दुई सय ४७, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ९४, स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ७३ मत प्राप्त गरेका छन् ।

jutta mela

निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख २३ हजार ४९० मतदाता रहेकामा ६७ हजार १३० मत खसेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ । यो ५४.३६ प्रतिशत हो । तनहुँ–१ कम प्रतिनिधिसभामा १० जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

तनहुँ–१ (१) मा पनि कांग्रेसले नै अग्रता लिएको छ । प्रारम्भिक चार सय मतगणना गर्दा कांग्रेसका अशोककुमार श्रेष्ठले एक सय ७३ मत प्राप्त गरेका छन् । नेकपा एमालेका राम बहादुर गुरुङले ९५ मत पाएका छन् ।

You might also like

Comments are closed.