तनहुँ जलविद्युत् आयोजनामा ढिलाइ हुनुहुँदैन : उर्जामन्त्री भुसाल

दमौली । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले तनहुँ जलविद्युत् आयोजना निर्माणमा ढिलाइ नगर्न निर्देशन दिनुभएको छ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको आयोजनाको सोमबार निरीक्षणपछि कर्मचारीलाई निर्देशन दिँदै मन्त्री भुसालले समयमै आयोजना निर्माण सम्पन्न गर्नेतर्फ कटिबद्ध भएर लाग्न निर्देशन दिइन् ।

“प्रशासनिक जटिलताका कारण आयोजनाको काममा समस्या हुँदैन, त्यसका लागि सहजीकरण गर्न म सदैव तयार छु”, उनले भनिन्, “आयोजनास्थलमा दत्तचित्त भएर लाग्नुहोला ।” मन्त्री भुसालले आयोजनाको काममा कुनै समस्या आए राजनीतिक दल, जनप्रतिनिधि र सरोकारवालाले सहयोग गर्नुपर्नेमा जोड दिइन् ।

उनले तनहुँ जलविद्युत् आयोजना राष्ट्रको समृद्धिको परियोजना भएकाले स्रोतसाधनमा कमी नहुने विश्वास व्यक्त गरिन् । “रणनीतिक हिसाबले जलाशययुक्त यो योजना निकै महत्वपूर्ण छ, स्रोतसाधनको कमी हुँदैन”, उनले भनिन् । मन्त्री भुुसालले आयोजनाले तनहुँका जनताको जीवनस्तर उकास्न सहयोग पु¥याउने बताए ।

सो क्रममा मन्त्री भुसालले आयोजनाको बाँधस्थल र विद्युतगृहको निरीक्षण गरेकी थिइन् । मन्त्री भुसाललाई तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरण श्रेष्ठ र आयोजना प्रमुख अच्युत घिमिरेले आयोजनाको निर्माण कार्यको बारेमा जानकारी गराएका थिए ।

निरीक्षणपश्चात् कार्यालयमा आयोजित ‘ब्रिफिङ’ कार्यक्रममा प्रबन्ध सञ्चालक श्रेष्ठले आयोजनाअन्तर्गतका तीन वटै प्याकेजको कामले गति लिएको जानकारी गराए । आयोजना प्रमुख घिमिरेले आयोजनाको वर्तमान अवस्थाको बारेमा जानकारी गराउँदै समस्याका बारेमा मन्त्री भुसालको ध्यानाकर्षण गराए ।

आयोजनाको सबैभन्दा ढिलाइ भएको प्याकेज एक अन्तर्गतको कामका लागि गत भदौ १५ देखि निर्माण कम्पनी परिचालन भइसकेको छ । प्याकेज एक अन्तर्गत नदी फर्काउने, बाँध निर्माणलगायत काम हुनेछ । उक्त कामका लागि आयोजनाले सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीसँग सम्झौता गरेको थियो ।

आयोजनाको प्याकेज १ ९हेडवक्र्स० निर्माण कार्यका लागि निर्माण कम्पनी सिएमसी डि राभेना, इटालीसँग विसं २०७५ असोज १५ मा सम्पन्न खरिद सम्झौता रद्द भएपश्चात् कम्पनीले विसं २०७६ वैशाख १२ गते पुनः बोलपत्र आह्वान गरेको थियो । कम्पनीले उक्त बोलपत्र प्रक्रियामा प्राप्त कुनै पनि प्राविधिक बोलपत्रहरु सारभूत रूपमा प्रभावग्राही हुन नसकेकाले सबै बोलपत्रहरु अस्वीकृत गरी एसियाली विकास बैङ्कको खरिद निर्देशिकाअनुरूप विसं २०७६ फागुन १६ गते दोस्रो पटक पुनः बोलपत्र आह्वान गरेको थियो ।

प्याकेज २ अन्तर्गत सिनो हाइड्रोले भूमिगत काम गरिरहेको छ । उक्त प्याकेजअन्तर्गत पावरहाउस, वर्क टनेल, सर्च ट्याङ्कलगायत काम भइरहेको छ । प्याकेज ३ अन्तर्गतको प्रसारण लाइन निर्माणको कामले पनि तीव्रता पाएको छ ।

कम्पनीको पूँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत ९प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत० ५० करोड ५० लाख अमेरिकी डलरका लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

You might also like

Comments are closed.