तारा एअरको पोखरा-जोमसोम नियमित उडान सुरु हुने

काठमाडौं । प्रतिकुल मौसम संगै बन्द भएको पोखरा-जोमसोमको उडान २५ गते सोमबार देखि तारा एअरले नियमित गर्ने भएको छ । बिस्तारै मौसम अनुकुल हुन थालेको र पर्यटक सिजन पनि सुरु हुन लागेकोले उडान नियमित हुन लागेको हो ।

जोमसोमको नियमित उडानका लागि तारा एअरले एउटा विमान पोखरामै रात्रि बिसान गर्नेछ । हालकालागि मौसम अनुकुल भए दैनिक ५ वटा उडान गर्ने गरि तालिका मिलाईएको छ । तारा एअरको उडान पोखराको पुरानो एअरपोर्ट बाटै संचालन हुनेछ ।

jutta mela

मुस्ताङ जिल्लामा अवस्थित जोमसोम बिमानस्थल समुन्द्री सतहबाट २७३६ मिटर उचाईमा रहेको छ भने यस एअरपोर्टको लम्बाई ७३९ मिटर रहेको छ ।

 

You might also like

Comments are closed.