प्रदेश सभा सदस्यमा तारामान धामी सिफारिस

काठमाडौं । युवा व्यवसायी, नेता एवं सामाजिक अभियान्ता तारामान धामी मंसिर ४ गते हुने निर्वाचनका लागि प्रदेश सभा सदस्यमा सिफारिस भएका छन् ।

नेकपा एमाले सुदुरपश्चिम प्रदेश सम्पर्क कमिटिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा÷प्रदेश सभा निर्वाचनका लागि धामीलाई प्रदेश सभा सदस्यमा सिफारिस गरेको हो ।

jutta mela

२०४९ सालदेखि विद्यार्थी राजनीतिबाट एमाले राजनीतिमा सक्रिय भएका धामी त्यस यता विभिन्न सामाजिक तथा व्यावसायिक संघसंस्थासमेत रहेर सामाजिक काम गर्दै आइरहेका छन् ।

उनी लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एनका डिष्ट्रिक्ट एडभाइरसमेत हुन् ।

You might also like

Comments are closed.