टार्गेट इन्टरनेशनल एजुकेसन ११औं वर्षमा, २०२२ भर विशेष छुटका अफर

पोखरा । पोखराको चिप्लेढुंगामा प्रधान कार्यालय रहेको टार्गेट इन्टरनेशनल एजुकेसन प्रा.लि.ले आफ्नो स्थापनाको १०औं वर्ष पुरा गरेको छ । सन् २०१२ मा स्थापित टार्गेट इन्टरनेसनल एजुकेशनले विशेष गरि अस्ट्रेलिया, क्यानडा, न्युजिल्याण्ड, बेलायत, डेनमार्क तथा अमेरिका लगायतका देशहरुमा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई गुणस्तरीय सेवा निरन्तर प्रबाह गर्दै आइरहेको छ ।

नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त टार्गेटले पोखरामा रहेर विदेशस्थित कैयन ख्यातिप्राप्त कलेज तथा विश्वविद्यालयहरुको आधिकारिक प्रतिनिधि भएर काम गरिरहेको छ ।

गुणस्तरीय र विश्वसनीय सेवामा समर्पित यस संस्थाले टिआईटिआई, क्युइएसि, आइसिईएपÞm, ब्रिटिश काउन्सिल जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरुबाट तालिमप्राप्त दक्ष परामर्शदाताहरुबाट विद्यार्थीहरुलाई शैक्षिक परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।

साथै, विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहने विध्यार्थीहरुको लागि अनिवार्य रहेको आइएल्टिएस तथा पिटिई लगायतका पूर्वतयारी कक्षाहरु पनि संचालन गर्दै आइरहेको छ । टार्गेट इन्टरनेसनल एजुकेशनले यसै वर्ष काठमाडौं लगायत देशका अन्य सहरमा पनि आफ्नो कार्यक्षेत्र विस्तार गर्ने योजना बनाइरहेको छ ।

दसौं वार्षिकोत्सवको अवसरमा टार्गेट एजुकेसनले सम्पूर्ण विद्यार्थी, अभिभावक, विदेशस्थित कलेज तथा युनिभर्सिटी एवं सम्पूर्ण सहयोगी तथा शुभचिन्तकहरुमा आभार तथा कृतज्ञता व्यक्त गरेको छ । १० वर्षको समयमा टार्गेटले यस क्षेत्रका धेरै विद्यार्थी तथा अभिभावकहरुको विश्वास जित्न सफल भएको संस्थापक तथा प्रवन्ध निर्देशक भुवन क्षेत्रीले बताए । क्षेत्री इक्यान कास्कीका निबर्तमान अध्यक्षसमेत हुन् । क्षेत्रीले शैक्षिक परामर्श सेवालाई विद्यार्थीहरुको भविश्य निर्माणको सहयात्री बन्ने पेशाको रुपमा लिएको र आफू शैक्षिक परामर्श व्यवसायी हुनुमा गर्व अनुभूत गरेको बताउछन् ।

संस्थाले आफ्नो स्थापनाकालदेखि नै युवा तथा विद्यार्थी लक्षित विभिन्न सामाजिक क्रियाकलापहरुमा हातेमालो गर्दै आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व बहन गर्दै आइरहेको छ । दसौं वार्षिकोत्सवको अवसरमा आफ्ना सामाजिक गतिविधिलाई अझ तीव्रता दिने क्षेत्रीले बताए । यसै अवसरमा वर्ष २०२२ भरि नै शैक्षिक परामर्श तथा तयारी कक्षाहरुमा विशेष छुटका अफरहरुसहित विद्यार्थी लक्षित प्याकेजहरु ल्याउने तयारी भइरहेको क्षेत्रीले जानकारी दिए ।

You might also like

Comments are closed.