काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार समितिले बुधबार तरकारी तथा फलफुलको मूल्य सार्वजनिक गरेको छ ।
समितिको बुधबारको मूल्यसूची अनुसार तोरीको साग ३६ रुपैयाँ ६७ पैसा, कागतीको औसत मूल्य प्रतिकेजी १०० रुपैयाँ, किनु १५६ रुपैयाँ ६७ पैसा, किवि २२५ रुपैयाँ, अकबरे हरियो खुर्सानी ३१० रुपैयाँ, बुलेट खुर्सानी ६६ रुपैयाँ ६७ पैसा, सुकेको खुर्सानी ४२५ रुपैयाँ, हरियो खुर्सानी ५५ रुपैयाँ, गान्टे मूला ७५ रुपैयाँ, टनेल गोलभेडा १८ रुपैयाँ ४० पैसा, घिरौला ९६ रुपैयाँ ६७ पैसा, चमसूरको साग, सौफको साग, रुख टमाटर, मेथीको साग, रातो बन्दा र पालूगो साग प्रतिकेजी ७६ रुपैयाँ ६७ पैसा, चुकुन्दर ८६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ ९८ रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, जिरीको साग, तरबुजा, निबुवा, पिंडालू, सलगम र ज्यापु काउली ४६ रुपैयाँ ६७ पैसा र जुनार २३५ रुपैयाँमा कारोबार भइरहेको छ । आज सानो लोकल गोलभेडाको मूल्य सबैभन्दा सस्तो प्रतिकेजी १५ रुपैयाँ र महंगो स्ट्रबेरी र पार्सलेलाई ४५० रुपैयाँ पर्ने देखिएको छ ।
त्यस्तै, छडी माछा प्रतिकेजी २४० रुपैयाँ, मुंगरी माछा २४० रुपैयाँ, बचुवा माछा २४६५ रुपैयाँ ६७ पैसा, रहु माछा ३२२ रुपैयाँ ५० पैसा, तामा ९६ रुपैयाँ ६७ पैसा, तितो करेला ९६ रुपैयाँ ६७ पैसा, तोफु १२६ रुपैयाँ ६७ पैसा, सुकेको भारतीय प्याज ४२ रुपैयाँ, लोकल बन्दा २४ रुपैयाँ, बरेला ४५ रुपैयाँ, ब्रोकाउली ५६ रुपैयाँ ६७ पैसा, तने बोडी ९६ रुपैयाँ ६७ पैसा र भिण्डी ९६ रुपैयाँ ६७ पैसामा कारोबार भइरहेको समितिले जनाएको छ ।
यसैगरी, कालो अंगुर, गुन्दुक र सुकेको छ्यापी २९० रुपैयाँ, हरियो अंगुर २१० रुपैयाँ, अदुवा र लोक गाजर ६५ रुपैयाँ, अनार, आभोकाडो, पुदीना र सेलरी २७५ रुपैयाँ, अमला ५६ रुपैयाँ ६७ पैसा, अम्बा १४० रुपैयाँ, रातो आलु ४९ रुपैयाँ, भारतीय रातो आलु ३९ रुपैयाँ, सेतो आलु र लोकल काक्रो ४१ रुपैयाँ, इमली १४६ रुपैयाँ ६७ पैसा, उखु प्रतिवटा ८६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली, रायोको साग, टाटे सिमी र गोलभेडाको औसत मूल्य प्रतिकेजी ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।







Comments are closed.