काठमाडौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज फलफूल तथा तरकारीको नयाँ मूल्य तोकेको छ ।
समितिका अनुसार आज कालो अंगुरको औसत मूल्य प्रतिकेजी २८० रुपैयाँ, हरियो अंगुर १८० रुपैयाँ, अनार ३५० रुपैयाँ, अम्बा १५० रुपैयाँ, आभोकाडो ३५० रुपैयाँ रहेको छ ।
त्यस्तै, रातो आलु ३० रुपैया, सेतो आलु २२ रुपैयाँ, स्थानीय काउली ३० र तराई २० रुपैयाँ , कागती १३० रुपैयाँ, काँक्रो लोकल ७० रुपैयाँ र हाइब्रीड ५०, अकबरे खुर्सानी ३५० रुपैयाँ पुगेको छ । हरियो खुसार्नी बुलेट ९०, माछे ९० रुपैयाँ र सुकेको खुर्सानी ४८० रुपैयाँ छ ।
त्यस्तै, लोकल गाजरको औसत मूल्य प्रतिकेजी २२ रुपैयाँ, गान्टे मूला ७० रुपैयाँ, टनेल गोलभेडा १५ रुपैयाँ , गोलभेडा ठूलो नेपाली ५० रुपैयाँ, गोलभेडा ठूलो भारतीय ५० रुपैयाँ २० रुपैयाँ राजमा घिउ सिमी ८० रुपैयाँ, कोबी ६० रुपैयाँ, चमसूरको साग ९० रुपैयाँ छ भने कन्य च्याउ १४० रुपैयाँ, डल्ले च्याउ ३३० रुपैयाँ, तितो करेला १२० रुपैयाँ, तोरीको साग ५० रुपैया, भारतीय सुकेको प्याज ४२ रुपैयाँ, हरियो प्याज १२० रुपैयाँ रहेको छ ।
Comments are closed.