टाटा अल्ट्रोजको पावरफुल मोडल बजारमा आउँदै

काठमाडौं । टाटा मोटर्सले प्रिमियम ह्याचब्याक अल्ट्रोजको पावरफुल मोडलको साथमा टर्बो पेट्रोल इन्जिन ल्याउने तयारी गर्दैछ । हालै अल्ट्रोजको परीक्षण मोडल देखा परेको थियो । सो कार टर्बो पेट्रोल भेरिएन्टको साथमा उपलब्ध हुने सम्भावना छ ।
रिपोर्ट अनुसार टाटा अल्ट्रोजको टर्बो भर्सनमा १।२ लिटर टर्बोचाज्र्ड पेट्रोल इन्जिन हुनेछ जसले ९९ बीएचपीको पावर र १४१ एनएमको टर्क जेनेरेट गर्छ । सो कार ५ स्पिड म्यानुअल गियरबक्स स्ट्यान्डर्डको साथमा उपलब्ध हुनेछ । यसको साथै सो इन्जिनको साथमा नयाँ ड्युअल क्लच अटोमेटिक ट्रान्समिशनको विकल्प पनि उपलब्ध हुनेछ ।

हाल अल्ट्रोज १.२ लिटर, ३ सिलिन्डर नेचुरली एस्परेटेड पेट्रोल र १.५ लिटर, ४ सिलिन्डर टर्बोचाज्र्ड डिजेल इन्जिनमा उपलब्ध रहेको छ । पेट्रोल इन्जिनले ८५ बीएचपकिो पावर र ११३ एनएमको टर्क जेनेरेट गर्छ र डिजेल इन्जिनले ८९ बीएचपीको पावर र २०० एनएमको टर्क जेनेरेट गर्छ । सो दुबै इन्जिनमा ५ स्पिड म्यानुअल गियरबक्स समावेश रहेको छ ।

टाटा अल्ट्रोज ५ भेरिएन्ट एक्सई, एक्सएम, एक्सटी, एक्सजेड र एक्सजेड ओमा उपलब्ध रहेको छ । सो कारको प्रतिस्पर्धी मारुती बलेनो र हुन्डाई आई२० रहेको छ । कम्पनीले सो कारको हरेक भेरिएन्टको लागि कस्टमाइजेसन प्याकेजको अफर पनि गरेको छ । सो प्रिमियम ह्याचब्याकको सुरुवाती मूल्य ५ लाख २९ हजार भारु रहेको छ ।

jutta mela

टाटा मोटर्सले भारतमा टाटा अल्ट्रोजको साथै ७ सीटर एसयूभी ग्राभिटस, ह्यारियरको पेट्रोल मोडल, हेक्सा सफारी एडिसन र माइक्रो एसयूभी एचबीएक्स ल्याउने तयारी गर्दैछ । सो कारको लन्चिङ समय घोषणा गरेको छैन । नेपाली बजारमा पनि टाटा अल्ट्रोज छिट्टै नै ल्याउने तयारी भइरहेको बताइएको छ ।

You might also like

Comments are closed.