टाटा कमर्सियल गाडीहरुका लागि सिप्रदीको सर्भिस अब बागलुङबाट पनि

काठमाडौं ।  सम्पूर्ण टाटा कमर्सियल गाडीहरुलाई सर्वसुलभ तथा उच्चकोटिको सेवा तथा सुविधाहरु प्रदान गर्ने उदेश्यले सिप्रदी ट्रेडिङ प्रालिले बागलुङमा आफ्नो २६औं शाखा संचालनमा ल्याएको छ ।

बिहीबार एक विशेष कार्यक्रमको आयोजना गरी उक्त सर्भिस सेन्टरको शुभारम्भ गरिएको छ ।उक्त अवसरमा सिप्रदी ट्रेडिङ प्रालिका प्रमूख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले नेपालमा टाटा गाडी बिक्रि गर्नुको अतिरिक्त कम्पनिको प्रमुख व्यवसायिक लक्ष्य भनेको विकासशील आवश्यक्ताहरुको पहिचान गरी उत्कृष्ट विक्रिपछिको सेवाहरु प्रदान गर्नु बताएका छन् ।

त्यस्तै उनले ग्राहकको चाहना र आवश्यक्ता लाई पहिलो प्राथमिकतामा दिएर हालको अवस्थालाई ध्यानमा राखी सिप्रदीले टाटा जेन्यूइन पार्ट्स तथा ल्यूब्रिकेन्टको मूल्यमा पनि भारी छुट सुविधा प्रदान गरेको बताए । त्यसैगरि टाटा प्रोटेक्ट अन्तर्गतको सेवा तथा सुविधाहरुको माध्यम बाट ग्राहकहरुलाई छिटो सेवा प्रदान गरि गाडि संचालन खर्चलाई न्यूनिकरण गर्नमा विशेष जोड दिदैं आएकोे जानकारि समेत दिए ।

jutta mela

सिप्रदीको बागलुङ शाखा बाट सम्पूर्ण टाटा गाडीका ग्राहकहरुलाई आवश्यक टाटा जेन्यूइन पार्ट्स तथा ल्यूब्रिकेन्ट्स को साथमा सर्भिस तथा मर्मत कार्यहरुको सुविधा प्राप्त गर्न सक्नेछन् त्यसको साथै टाटा जेन्यूइन पार्ट्मा २२ प्रतिशत सम्म र जेन्यूइन आयलमा २५ प्रतिशत सम्मको छुट सुविधाहरु प्राप्त गर्न सक्ने छन् ।

टाटा प्रोटेक्ट अन्तर्गत ४ घण्टा भित्र सर्भिसिङका कामहरुको ग्यारेन्टी प्रदान गर्नेछ भने ४८ घण्टा भित्र ममर्त कार्यको ग्यारेन्टी प्रदान गर्नेछ यदि नभएमा प्रति दिन रु १ हजार १ सयका दरले क्षतिपूर्ति पनि प्रदान गर्नेछ । त्यसैगरी एक्सिडेन्टल कार्यहरुको लागि नगद रहित वीमा दावी सुविधाको साथमा ६० दिन भित्र गाडि मर्मतको ग्यारेन्टी पनि प्रदान गर्छ । ग्राहकहरुको गाडि संचालन खर्चलाई न्यूनिकरण गर्नको लागि विविध खालको ए एम सि सुविधाहरु पनि प्रदान गर्ने छ । अफरोड भएका गाडिहरुको लागि टाटा अर्लट अन्तर्गत ६ घण्टा भित्र अफरोड भएको स्थानमा पुग्ने र ४८ घण्टा भित्र समाधान गर्नेछ ।

उक्त वर्कशपको शुभारम्भसँगै अब सिप्रदीको २६ वटा आफ्नै शाखा, ८ वटा आधिकरिक सर्भिस सेन्टर र २१ वटा सर्टिफाइड ग्यारेज गरि नेपालभरि ५५ वटा सर्भिस सेन्टरहरुबाट टाटा कमर्सियल गाडिहरुको लागि आवश्यक सम्पूर्ण सेवा तथा सुविधा प्रदान गर्नेछ ।
सिप्रदी ट्रेडिङ प्रा. लि. का प्रमूख संचालक अधिकृत राजेश प्रसाद गिरीले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै ग्राहकहरुलाई सधैं उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गरी कार्यक्रमको समापन गरे ।

You might also like

Comments are closed.