काठमाडौं । विश्वकर्मा पूजाको अवसर पारेर नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. ले एकै दिन नेपालभर १५० वटा टाटा गाडी ग्राहकलाई हस्तान्तरण गरेको छ । विश्वकर्मा पूजा नयाँ सवारीसाधन खरिद तथा पूजाआजा गर्ने विशेष दिनका रूपमा नेपाली समाजमा लोकप्रिय रहँदै आएको छ । यही अवसरलाई लक्षित गर्दै सिप्रदी ट्रेडिङले देशभरका आफ्ना २२ शोरुममार्फत ग्राहकलाई १५० टाटा गाडीको डेलिभरी दिएको हो ।
विश्वकर्मा पूजाको दिन डेलिभरी भएका गाडीमा टाटाका नयाँ तथा लोकप्रिय विद्युतीय मोडल नयाँ टियागो ईभी, नयाँ पन्च ईभी, नेक्सन ईभी रिलोडेड, कर्भ ईभी लगायतका विद्युतीय सवारीसाधनसँगै विभिन्न आईसी इन्जिनयुक्त ICE) मोडल समेत रहेका छन् । यीमध्ये अधिकांश गाडीहरू यस वर्ष आयोजना भएका नाइमा नेपाल मोबिलिटी एक्स्पो तथा नाडा अटो शो का क्रममा सार्वजनिक, लन्च तथा बुकिङ गरिएका गाडीहरू हुन् । एक्स्पो तथा अटो शोमा ग्राहकबाट प्राप्त उत्साहजनक प्रतिक्रिया र बुकिङपछि प्रक्रिया पूरा भएका गाडीहरू विश्वकर्मा पूजाको शुभ अवसर पारेर ग्राहकलाई हस्तान्तरण गरिएको सिप्रदी ट्रेडिङले जनाएको छ ।
नेपालमा विद्युतीय सवारीसाधनप्रति ग्राहकको चासो बढ्दै गएको अवस्थामा टाटाका नयाँ पुस्ताका ईभी मोडलहरूको डेलिभरीले बजारमा थप उत्साह सिर्जना गरेको छ । विशेषगरी नयाँ टियागो ईभी, नयाँ पन्च ईभी, नेक्सन ईभी रिलोडेड र कर्भ ईभी प्रति ग्राहकको आकर्षण बढिरहेको कम्पनीको भनाइ छ ।
विश्वकर्मा पूजाको शुभ अवसरमा एकै दिन नेपालभर ठूलो संख्यामा टाटा गाडी डेलिभरी हुनु नेपाली बजारमा टाटा मोटर्सप्रति ग्राहकको निरन्तर विश्वास र रुचिको संकेतका रूपमा समेत लिइएको छ । सिप्रदी ट्रेडिङले ग्राहकलाई आधुनिक प्रविधि, सुरक्षा, सुविधा र विभिन्न आवश्यकता अनुरूपका सवारीसाधन उपलब्ध गराउँदै आएको जनाएको छ ।
विश्वकर्मा पूजाको धार्मिक तथा सांस्कृतिक महत्वसँग जोडिएको दिनमा नयाँ गाडी घर भित्र्याउने परम्पराले डेलिभरी कार्यक्रमलाई थप विशेष बनाएको थियो । ग्राहकको आवश्यकता र बजारको मागलाई ध्यानमा राख्दै टाटा मोटर्सका नयाँ मोडल नेपाली बजारमा निरन्तर प्रस्तुत गर्दै जाने कम्पनीले जनाएको छ ।




Comments are closed.