पोखरामा टाटाको एक्स्चेन्ज क्याम्प जारी

पोखरा । टाटा मोटर्सद्वारा पोखरामा आयोजित एक्स्चेन्ज क्याम्पमा ग्राहकको आकर्षण देखिएको छ । बुधबार सुरु एक्स्चेन्ज क्याम्प शुक्रबारसम्म जारी रहनेछ । टाटाको प्यासेन्जर भेहिकलका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता दीप मोटर्स प्रा.लि. बुद्धचोकमा एक्स्चेन्ज क्याम्प भइरहेको छ ।

बिहीबारसम्म ८ वटा गाडी एक्स्चेन्ज भइसकेको र शुक्रबारसम्म त्यो संख्या बढ्ने प्रा.लि.का प्रवन्ध निर्देशक तेजराज बास्तोलाले जानकारी दिए । ‘एक्स्चेन्ज क्याम्पमा सहभागी भएर टाटाका जुनसुकै गाडी बुकिङ गर्दा ग्राहकले हेलिकोप्टरबाट साइडसिनको अवसर प्राप्त हुन्छ,’ उनले भने, ‘हामीले ग्राहकलाई आकर्षक एक्स्चेन्ज बोनस प्रदान गरिरहेका छौं । स्पट भ्यालुएसन तथा अन द स्पट फाइनान्स सुविधा पनि उपलब्ध हुनेछ ।

नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एच फाइभ, नेक्सन, नेक्सन इभी, टियागो, टिगोर र सफारी लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ पनि गर्न सकिन्छ । उनले भने, ‘एक्सचेन्ज क्याम्पमा जुनसुकै ब्राण्डका गाडीसंग टाटाका गाडी एक्सचेन्ज गर्दा आकर्षक मुल्यांकन प्राप्त हुन्छ ।’

jutta mela

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक बितरक सिप्रदी ट्रेडिङ प्रा.लि. हो ।

You might also like

Comments are closed.