टाटा बि एस ६ कारहरुको लागि टाटा केयर क्याम्प

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी टेड्रिङ प्रा.लि.ले टाटाको बि एस ६ कारहरु सम्बन्धित सम्पूर्ण चेक जांच गर्ने हेतुले टाटा केयर क्याम्पको आयोजना गर्दैछ । टाटा केयर क्याम्प नेपालभरमा रहेका टाटा कारको सम्पूर्ण आधिकारिक वर्कशपमा यही भदौ ७ गते देखि भदौ ११ गते सम्म एकैसाथ सञ्चालन गरिँदैछ । काठमाण्डौंको सोल्टीमोड, बालकुमारी, बागडोल र काठमाण्डौ बाहिरका यी क्याम्पहरु शुभारम्भ हुदैंछ ।

बि एस ६ गाडीहरुमा नयाँ प्रविधीको प्रयोग भएकोले यी गाडीहरुलाई अरु गाडीहरु भन्दा भिन्दै नयाँ टेक्नोलोजी प्रयोग गरि सर्भिसिंग गर्नु पर्ने हुन्छ । त्यसैले टाटाको बि एस ६ गाडीको ग्राहकहरुलाई ध्यानमा राखेर सर्भिसिंगमा सहजीकरण गर्ने उदेश्यले यो क्याम्पको आयोजना गर्न लागेको सिप्रदी ग्राहक सेवाका मुख्य प्रबन्धक कुमार भण्डारीले बताए । र यो क्याम्प बि एस ६ गाडीको ग्राहकहरुलाई लागि निकै फलदायी हुने कुरामा विश्वस्त रहेकोले सबै ग्राहकहरुलाई यस क्याम्पमा सहभागी हुन आग्रह गरेका छन् ।

यस टाटा केयर क्याम्प अन्तर्गत टाटा बि एस ६ कारहरुको सम्पूर्ण स्वास्थ्य जाँचहरु हुनेछ । लेवर चार्जमा ५०% छुट, फ्री टप वशिङ, स्पेयर पार्ट्समा १५% छुट, म्याक लुब्रीकेन्ट्समा १५% छुट र जेनुइन सामानहरुमा १५% छुट यस केयर क्याम्पको प्रमुख विशेषताहरु रहेका छन् । निःशुल्क १० पोइन्ट चेकअप, निःशुल्क ब्याट्री र इलेक्ट्रिक चेकअप, निःशुल्क कम्प्युटर डायग्नोसिस, निःशुल्क सस्पेन्सन चेकअप, निःशुल्क ब्रेक चेकअपको साथै यस क्याम्पमा ग्राहकहरुले आकर्षक उपहारहरु पनि प्राप्त गर्न सकिने कम्पनिले जनाएको छ ।

You might also like

Comments are closed.