काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ‘द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प’ सुरु गरेको छ । जेठ १ गते सुरु भएको यो क्याम्प जेठ ३ गतेसम्म चल्नेछ ।
ग्राहकलाई आधुनिक, सुरक्षित र विद्युतीय सवारी साधनतर्फ आकर्षित गर्ने उद्देश्यले क्याम्प आयोजना गरिएको सिप्रदीले जनाएको छ । विशेष एक्सचेन्ज क्याम्पमा ग्राहकले विभिन्न आकर्षक सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
क्याम्प अन्तर्गत ग्राहकले नगद छुट, उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, निःशुल्क आजीवन डीसी फास्ट चार्जिङ, निःशुल्क एक्सेसरिज, निःशुल्क वार्षिक सवारी कर तथा निःशुल्क होम चार्जिङ जडान सुविधा प्राप्त गर्न सक्नेछन् ।
एक्सचेन्ज क्याम्पमा टाटा मोटर्सका विभिन्न लोकप्रिय विद्युतीय तथा आइसिई सेगमेन्टका मोडलहरू उपलब्ध हुनेछन् । ग्राहकले आफ्नो पुरानो सवारी साधन साटेर नयाँ टाटा गाडी सहज रूपमा खरिद गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ ।

एक्सचेन्ज मूल्यांकन सुविधा भने सिप्रदी एस्योर्ड प्रा.लि. द्वारा प्रदान गरिनेछ । ग्राहकले देशभर रहेको टाटा मोटर्सको शोरुममा पुगी यस अवसरको लाभ लिन कम्पनी आग्रह गरेको छ ।






Comments are closed.