सिप्रदीद्वारा टाटाका ५ वटा नयाँ कार एकैपटक सार्वजनिक (भिडियोसहित)

 

काठमाडौं । टाटा मोटर्सले नेपाली बजारमा एकैपटक ५ वटा नयाँ कार सार्वजनिक गरेको छ । टाटाका लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले मंगलबार एक कार्यक्रमबीच नयाँ कार सार्वजनिक गरेको हो ।

नेक्सन, टिगोर, अल्ट्रोज, टियागो र एच५ लाई कम्पनीले नयाँ विशेषता र फिचर्ससहित नेपाली बजारमा सार्वजनिक गरेको छ । बिएस६ इन्जिनसहित टाटाका नयाँ कारहरु बजारमा आएको कम्पनीले जनाएको छ ।

सार्वजनिक भएका सम्पूर्ण कारहरु देशभरका डिलरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । टियागो ६ वटा भेरियन्टमा बजारमा उपलब्ध छ । यसको मूल्य २८ लाख रुपैयाँदेखि ३७ लाख १५ हजार रपैयाँसम्म पर्छ ।

टिगोर ५ वटा भेरियन्टमा बजारमा आएको छ । यसको मूल्य ३२ लाख ५० हजार रुपैयाँदेखि ३९ लाख ९५ हजार रुपैयाँ पर्छ । अल्ट्रोजको मूल्य ३५ लाख ५० हजार रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।

७ वटा भेरियन्टमा नेक्सन बजारमा उपलब्ध छ । यसको मूल्य ३९ लाख ९५ हजार रुपैयाँदेखि ५२ लाख ५५ हजार रुपैयाँसम्म पर्छ । एच५ ३ वटा भेरियन्टमा उपलब्ध छ । यसको मूल्य ८५ लाख ९९ हजार रुपैयाँदेखि ८९ लाख ९० हजार रुपैयाँसम्म पर्ने कम्पनीले जनाएको छ ।

You might also like

Comments are closed.