काठमाडौं । ग्राहकहरूबाट प्राप्त उत्साहजनक प्रतिक्रिया र बढ्दो मागका कारण सिप्रदी ट्रेडिङले आफ्नो ‘प्रि-बजेट एक्सचेन्ज फेस्ट’ को अवधि तीन दिनले थप गरेको छ । नेपालमा टाटा मोटर्सका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले मे १६ देखि सुरु गरेको एक्सचेन्ज फेस्ट अब जेठ ७ गते (२१ मे २०२५) सम्म सञ्चालनमा रहनेछ।
प्रि-बजेट एक्सचेन्ज फेस्ट अन्तर्गत ग्राहकहरूले कुनै पनि ब्रान्डको पुरानो गाडी साटेर टाटाका नयाँ इलेक्ट्रिक गाडीहरू खरिद गर्न सक्नेछन् । फेस्टिबल अवधिमा ग्राहकहरूले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क एक्सेसरीज, जीवनभर निःशुल्क चार्जिङ सेवा तथा निःशुल्क चार्जिङ बक्स र त्यसको स्थापना सुविधा पाउनेछन्। साथै, ८०% सम्मको वित्तीय सुविधा उपलब्ध गराउने सिप्रदीले जानकारी दिएको छ।
यो अफर टाटा मोटर्सका चर्चित इलेक्ट्रिक मोडेलहरू – टियागो, कर्भ, पन्च, र नेक्सन के३ ईभी – मा लागू हुनेछ। देशभर रहेका सिप्रदीका आधिकारिक सोरुमहरूबाट ग्राहकहरूले मेलाको अवलोकन गर्न सक्नेछन् र गाडीहरूको टेस्ट ड्राइभ पनि उपलब्ध गराइनेछ।
Comments are closed.