जलेश्वर भन्सारद्वारा २ सय प्रतिशतभन्दा धेरै राजस्व असुली

जलेश्वर । महोत्तरीको जलेश्वर भन्सार कार्यालयले आर्थिक वर्ष २०७७र०७८ मा २०० भन्दा बढी प्रतिशत राजस्व असुली गरेको छ ।

भन्सार अधिकृत एवं सूचना अधिकारी डिल्लीराम सुवेदीका अनुसार जलेश्वर भन्सार कार्यालयले आव २०७७/०७८ को शुरु साउनदेखि अन्तिम असार मसान्तसम्ममा भन्सारले लिएको राजस्व असुलीका लक्ष्यभन्दा २०४ प्रतिशत बढी राजस्व असुली भएको बताए ।

उनले जलेश्वर भन्सारले आव २०७७/०७८ मा जम्मा ७९ करोड ६५ लाख ९९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा भन्सारले सो अवधिमा रु एक अर्ब ६२ करोड ८८ लाख आठ हजार राजस्व असुली गरेको बताए । जुन लक्ष्यभन्दा २०४ प्रतिशत बढी रहेको छ ।

जलेश्वर भन्सारले भन्सार महसुलतर्फ रु ४७ करोड ३७ लाख ६९ हजार लक्ष्य लिएकोमा रु एक अर्ब ९३ करोड ८४ लाख सङ्कलन गरेको छ । त्यस्तै मूल्य अभिवृद्धितर्फ रु २५ करोड ४१ लाख १८ हजार सङ्कलन गर्ने लक्ष्य लिएकोमा रु ४५ करोड २० लाख ३१ हजार सङ्कलन गरेको छ ।

त्यसैगरी अन्तःशुल्कतर्फ रु तीन करोड ६३ लाख ५२ हजार सङ्कलन गर्ने लक्ष्य लिएकोमा रु तीन करोड ९२ लाख दुई हजार सङ्कलन गरेको छ र अन्यतर्फ रु तीन करोड २३ लाख ६० हजार सङ्कलन गर्ने लक्ष्य लिएकोमा रु १२ करोड ८१ लाख ९० हजार सङ्कलन गरेको जनाएको छ । यसरी जलेश्वर भन्सारले गत आव ०७७/०७८ मा जम्मा रु ७९ करोड ६५ लाख ९९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा सो अवधिमा रु एक अर्ब ६२ करोड ८८ लाख आठ हजार राजस्व असुली गरेको सूचना अधिकारी सुवेदीले बताए ।

उनले गत आवको माघदेखि जलेश्वर भन्सारबाट पेट्रोलियम पदार्थको बढी ढुवानी भएकाले राजस्व सङ्कलनमा वृद्धि भएको बताए भने अन्य नियमितरूपमा आउने सरसामान पनि लकडाउनका कारण परिमाणभन्दा बढी आएकाले लक्ष्यभन्दा २०४.४७ प्रतिशत बढी राजस्व असुली भएको बताए ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.