काठमाडौं । सरकारले कर विवरण पेश गर्ने र राजस्व तिर्ने म्याद थपेको छ । भदौ २५ गतेसम्म बुझाउनुपर्ने कर विवरण र तिर्न नसकेकाहरूलाई सरकारले राहत दिएको हो । अब करदाताले २५ असोजसम्म बिना जरिवाना कर बुझाउन सक्नेछन् ।
साउन महिनाको मूल्य अभिवृद्धि कर, अग्रिम कर कट्टी, शिक्षा सेवा शुल्क तथा विलासिता शुल्क सम्बन्धी विवरण पेश गर्ने र तिर्नुपर्ने रकम बुझाउने म्याद एक महिनाले लम्ब्याइएको छ ।
देशभर भदौ २३ र २४ गते लागू गरिएको कफ्र्यू र निषेधाज्ञाका कारण सरकारी कार्यालय बन्द भएपछि करदाताले कर विवरण पेश गर्न र कर तिर्न नसकेको हुँदा अर्थ मन्त्रालयले म्याद थप्ने निर्णय गरेको हो ।
मन्त्रालयका अनुसार २५ असोजभित्र कर तिरेमा कुनै अतिरिक्त शुल्क, जरिवाना वा दस्तुर लाग्ने छैन ।
Comments are closed.