यी हुन् सबैभन्दा धेरै कर दाखिला गर्ने नेपालका करदाता

काठमाडौं । आन्तरिक रावश्ज विभागले आयकर तर्फ आर्थिक वर्ष २०७५/७६ मा र मू.अ. करतर्फ आर्थिक वर्ष २०७६/७७ मा सबैभन्दा बढी कर दाखिला गर्ने करदाताको नाम सार्वजनिक गरेको छ ।

नवौं राष्ट्रिय कर दिवसको अवसरमा विभागले आइतबार बढी कर दाखिला गरी सम्मानित हुने करदाताको सूची सार्वजनिक गरेको हो । आ.व. २०७५/७६ मा सबैभन्दा बढी कर दाखिला गर्ने करदातामा सूर्य नेपाल प्रा.लि. परेको छ ।

निर्यातकर्ताहरुमध्ये डाबर नेपाल प्रालि, बैंक तथा वित्तीय संस्थातर्फ नबिल बैंक, विशेष उद्योगमा हिमाल पावर लिमिटेड, कृषि र पशुपंक्षीतर्फ अन्नपूर्ण एग्रो इण्डष्ट्रिज प्रालि, सहकारी तथा लघुवित्ततर्फ छिमेक लघुवित्त वित्तीय संस्था,  बिमातर्फ नेपाल पुनर्विमा कम्पनी, शिक्षासेवातर्फ मनिपाल एजुकेसन एण्ड मेडिकल ग्रुप, विप्रेषणतर्फ आइएमई ग्रुप धेरै कर तिर्ने करदाता बन्दै सम्मानित भएका छन् ।

त्यसैगरी यस वर्ष व्यापार व्यवसायतर्फ अग्नी इन्कर्पोरेटेड प्रालि, पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी होटल्स लि., मध्यमस्तरीय करदाताहरु मध्येबाट कामना विकास बैंक लि., आन्तरिक राजश्व कार्यालयतर्फ कर बुझाउनेहरु मध्ये भि.एफ. सर्भिसेस (मोरिसस) प्रालि उत्कृष्ट करदाता बनेका छन् ।

व्यक्तिगत आयकर तिर्नेहरु मध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाता विजयकुमार शाह बनेका छन् । मूल्य अभिृवृद्धि करतर्फ उत्कृष्ट कर सहभागिता भएको करदातामा घोराही सिमेन्ट इष्टष्ट्रि प्रालि परेको छ । राजश्व विभागले हरेक वर्ष कर दिवसका अवसरमा उत्कृष्ट करदाता घोषणा तथा सम्मान गर्दै आइरहेको छ ।

धेरै आयकर बुझाउने करदाताहरुः

You might also like

Comments are closed.