दमौली । निजी क्षेत्रको छाता संस्था तनहुँ उद्योग वाणिज्य संघको अध्यक्षमा युवा व्यवसायी पविन्द्र कुमार श्रेष्ठ निर्वाचित भएका छन् ।
प्रतिस्पर्धी वैकुण्ठ मिश्रलाई पराजीत गर्दै श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् ।
अध्यक्षमा श्रेष्ठलाई ८०६ मत आउँदा मिश्रको पक्षमा ६६५ मत प्राप्त भएको छ । अध्यक्षमा निर्वाचित भएपछि श्रेष्ठले सम्पूर्ण व्यवसायीलाई समेटेर संघको नेतृत्व गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अध्यक्षमा निर्वाचित श्रेष्ठ तनहुँ उद्योग वाणिज्य संघका पूर्व महासचिव हुन् ।






Comments are closed.