काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा एशोसिएट्तर्फतका उपाध्यक्ष ज्योत्सना श्रेष्ठले आफ्नो टीम घोषणा गरेकी छिन् । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा उनले आफ्नो टीम घोषणा गरेकी हुन् ।
महासंघका अध्यक्ष ढकालको बलियो साथ पाएको आफ्नो समुहको जित निश्चित रहेको उपाध्यक्षका उम्मेदवार श्रेष्ठले बताईन् । नेपालको अहिलेको आर्थिक र व्यापारिक परिवेश एक चुनौतीपूर्ण अवस्थामा रहेको जानकारी दिँदै यस समयमा निजी क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताईन् । ‘हामी सबै एकजुट भएर काम गरे मात्र, मुलुकको व्यवसायिक वातावरणमा सुधार ल्याउन र प्रगति गर्न सक्छौं,’ उनले भनिन्, ‘हामी व्यवसायीहरू अहिले केही कठिन घडीबाट गुज्रिरहेका छौँ । मुलुकमा नयाँ सरकार बनेको छ र यसले केही सकारात्मक कदमहरू पनि चालेको छ । आसाँ छ पक्कै पनि देशले आर्थिक गति लिनेछ ।’ तर अझै अघि बढ्नका लागि सबै निजी क्षेत्रको सक्रिय भूमिका आवश्यक छ रहेको जानकारी दिइन् । निजी क्षेत्र मुलुकको अर्थतन्त्रको मुख्य इन्जिन हो भन्ने कुरा राज्यले महशुस गर्नुपर्ने बताउँदै मुलुकको जीडीपीमा ८१ प्रतिशत भन्दा धेरै, रोजगारी मा ८६ प्रतिशत र राजश्वमा ८० प्रतिशत बढी योगदान रहेको निजी क्षेत्रलाई सरकारले विश्वासमा लिनुपर्ने बताईन् । साथै यी विषय राज्यले हरेक नीति नियम तथा कानुन निर्माण गर्दा मनन गर्नुपर्ने उनको भनाई छ ।
राज्यले निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढ्दामात्र मुलुकको विकास र सम्मृद्धिको चाहना पुरा गर्नुपर्नेमा अहिले केही व्यवसायीहरूलाई गिरफ्तार गरिएको घटनाले गम्भीर बनाएको उनको तर्क छ । ‘हामी सरकारलाई अपिल गर्न चाहन्छौं कि कुनै पनि व्यवसायीलाई आरोपको आधारमा मात्र थुन्ने काम रोकियोस्,’ उनले भनिन्, ‘व्यवसायीहरूले आफ्नो व्यवसायको माध्यमबाट वस्तु उत्पादन, सेवा प्रवाह, रोजगारी सृजना र राजस्व संकलन गर्दै राष्ट्रलाई सहयोग गर्दै आएका छन् । एकजना व्यवसायी हजारौँ व्यक्तिको रोजगारी र धेरै वस्तु तथा सेवाको उत्पादन÷प्रवाहसँग जोडिएको हुन्छ ।’ तसर्थ, कुनै आरोपको आधारमा मात्र व्यवसायीलाई थुन्ने निर्णय गर्न नहुने उनले बताईन् ।
यदि अनुसन्धान पुरा गरेर, यदि दोषी ठहरिए, कारवाही गर्नुपर्ने बताउँदै त्यसो गर्दा आफुहरुलाई कुनै आपत्ति नरहने र मुलुकमा सुरक्षित तथा स्थिर लगानीको वातावरण रहेको सन्देश दिने उनको भनाई छ । व्यवसायीहरुले ढुक्कसँग आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्ने वातावरण भएमात्रै लगानी विस्तार हुने उनको तर्क छ ।
यसैगरी कार्यक्रममा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले ज्योत्सना श्रेष्ठ समुहलाई आफ्ना साथ र सहयोग रहेको बताए । देशका हरेक क्षेत्रमा योगदान दिने निजी क्षेत्रको योगदानलाई सरकाले महत्वपूर्ण स्थान दिनुपर्ने बताए । ज्योसना श्रेष्ठ नेतृत्वमा आउने नयाँ टीमले महासंघका अधुरा कामलाई पुरा गर्नुपर्ने बताए । अहिलेको सरकारले प्राइभेट सेक्टर प्रोटेक्सन प्लानलाई कार्यान्वयनमा ल्याएको भन्दै त्यसलाई तदारूपकताक साथ अघि बढाउनुपर्ने बताए । साथै आफु सर्वसम्मतको पक्षमा भएपनि अन्तत चुनावी प्रक्रियामा प्रवेश गरिसकेकाले महासंघको आसन्न निर्वाचनमा ज्योत्सना श्रेष्ठ समुह लाई जितको शुभकामना दिएका छन् ।
कार्यक्रममा आफ्नो समुहको बारेमा जानकारी दिदै निजी क्षेत्र र सरकारवीच सहकार्य गर्दै नीतिगतरुपमा काम गर्न ज्योत्सना श्रेष्ठ टीम महासंघको चुनावमा टीम सहित आएको सचिन ढकालले जानकारी दिए । ुज्योत्सना श्रेष्ठको टीमलाई जिताउन भनेको व्यक्तिलाई जिताउनुमात्रै होइन निजीक्षेत्रको हकहितका लागि काम गर्नका लागि हो,ु ढकालले भने, ुअबका दिनमा देशमा उद्याग व्यवसाय गर्ने बातावरण निर्माण गर्नु जरुरी छ ।ु
ज्योत्सना श्रेष्ठ समुहमा पुराना खारिएका र नयाँ युवाहरु जोससहित आएकाले महासंघलाई अझ नयां तरिकाबार अघि बढाउन सक्ने महासंघक पूर्व कोषाध्यक्ष शशिकान्त अग्रवालले बताए ।
यसैगरी कार्यक्रममा महासंघका पूर्व कोषाध्यक्ष ज्ञानेन्द्रलाल श्रेष्ठले ज्योसना श्रेष्ठ समुहले उद्योगी व्यवसायी को हितमा कामगर्न सक्ने भन्दै जितको शुभकामना दिए ।
अहिलेको अवस्थामा उद्योगी व्यवसायीको संघसंस्था बचाउनु चुनौती बढ्दै गएको नेपाल उद्योग तथा व्यवसायी महासंघका अध्यक्ष भागिरथ सापकोटाले जानकारी दिए ।
साथै व्यवसायीको हकहितमा काम गर्ने महासंघ बनाउनका लागि पनि ज्योत्सना समुहलाई जिताउनुपर्ने बताए । यसैगरी कार्यक्रममा महासंघका पूर्व उपाध्यक्ष दिनेश श्रेष्ठले उद्योगी व्यवसायीलाई बचाउदै नीतिगत सुधारका लागि काम गर्नुपर्ने बताए ।
कार्यक्रममा महासंघका पूर्व अध्यक्ष एवं सार्क चम्बर अफ कमर्शका अध्यक्ष चाडीराज ढकालले ज्योत्सना श्रेष्ठ नेपाली उद्योग व्यवसाय र चेम्बर मुभमेन्ट बुझेको व्यवसायी रहेको भन्दै उनको नेतृत्वमा महासंघल व्यवसायीको हकहितमा काम गर्न सक्ने बताए । साथै व्यवसायी हकहितका लागि पनि यो समुहको जीत आवश्यक रहेको बताए ।
यसैगरी महासंघका पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठले महासंघमा अब उद्योगी व्यवसायीको हकहितमा काम गर्ने शसक्त समुहलाई जिताउन आवश्यक रहेको बताए ।
कर्यक्रममा महासंघका पूर्व बरिष्ठ उपाध्यक्ष भाष्करणज राजकर्णिकारले अहिले नेपाली नीजि क्षेत्रलाई कठिन कालखण्ड रहेको जानकारी दिए । अब निर्वाचित भएर आउने यस समुहले उद्योगी व्यवसायीको हकहितमा काम गर्नुपर्ने बताए ।
यस्तै महासंघ वरिष्ठ उपाध्यक्षका उम्मेदवार हेमराज ढकालले यसअघि महासंघको उपाध्यक्ष रहेर उद्योगी व्यवासायीको हितमा कुशल रुपमा काम गरेकोले अहिलेको अवस्थामा पुनः उनको नेतृत्व आवश्यक रहेको बताए । यो समुहले सबै क्षेत्रलाई समेटेर अघि बढेकाले सो समुहलाई जिताउनु पर्ने बताए । नेपालको उद्योग व्यवसाय असाधारण अवस्थाबाट गुज्रिरहेको बताउदै अबका दिनमा सरकारसँग नीतिगत पहल गर्नुपर्ने बताए । अहिले महासंघको पूर्व अध्यक्ष शेखर गोल्छालाई अनुसन्धान कै लागि थुनामा राख्दा उद्योगी व्यवसायीको मनोवल गिरेको बताए । ुयदि अनुसन्धानबाट गलत ठहरिए कारबाही गर्नुस,ु उनले भने, ुतर गलत सावित नभइकन थुन्ने पुरानो परिपाटीले देशमा लगानीको बातावरण विग्रने छ ।ु
यसैगरी कार्यक्रममा एशोसिट्स तर्कका सदस्य पदका उम्मेदवार गोपाल खनालले धन्यवाद ज्ञापन गर्दै ज्योत्सना श्रेष्ठ समुहमा नयाँ युवा उद्यमी र महासंघ बुझेको मिश्रित समुह रहेको भन्दै जिताउन आग्रह गरे ।
ज्योत्सना समुहबाट सदस्यहरूमा अविनास बोहोरा, अम्बिका शर्मा लामिछाने, गोपाल खनाल, चन्द्र ढकाल, जमुना पौडेल, जश श्रेष्ठ, देशबन्दु बस्नेत ९अजित०, ई। विनोद ढकाल, बटु लामिछाने, बलराम सापकोटा, भरत रानाभाट, राम राजा श्रेष्ठ, डा। रामशरण थपलिया, राजकुमार तिमलसिना, शैलेन्द्र गुरागाइ, सुनिलनारायण श्रेष्ठ, सचिन ढकाल, सोभा ज्ञवाली, सन्दिप अग्रवाल ९माखरिया०, चुनावी मैदानमा छन् । जसमध्ये जमुना पौडेल र शोभा ज्ञवाली महिला कोटामा रहेका छन् ।







Comments are closed.