काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनका लागि वस्तुगततर्फ उपाध्यक्ष पदका उम्मेद्वार शिव प्रसाद घिमिरेको समूहले उम्मेदवारी दर्ता गराएको छ । घिमिरे नेतृत्वमा रहेको १६ जनाको समूहले आज औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएको हो ।
घिमिरेबाट वस्तुगत संघ तर्फको कार्यकारिणी सदस्यमा अरनिको राजभण्डारी, रबिन पुरी, राज कुमार कार्की, बसन्त चन्द्र मरहट्टा, सुनिता न्हेम्हाफुकी, पश्मिना धन प्रसाद लामिछाने, एब बहादुर थापा मगर, धर्म राज सापकोटा, रघु नन्दन मारु, होम प्रसाद घिमिरे, राजेश भक्त श्रेष्ठ, ध्रुव बहादुर गौतम, टुरिजम तथा संघर्ष बिष्ट, नानी राज घिमिरे, बिश्वनाथ खनाल र कृष्ण प्रसाद अवालले उम्मेद्वारी दिएका छन् ।
उम्मेदवारी दर्तापछि उम्मेदवार घिमिरेले सुरक्षित नीजि क्षेत्र शसक्त महासंघको अबधारणामा काम गर्ने बताए । नेपाल उद्योग बाणिज्य महासंघको ६०औं साधारणासभा तथा निर्वाचन आगामी चैत २९ र ३० गते हुँदैछ ।





Comments are closed.