पोखरा । टेम्पल ट्रि रिसोर्ट पोखराले ट्राभलर रिभ्यु अवार्ड २०२१ प्राप्त गरेको छ । अनलाइन ट्राभलर्स एजेन्ट बुकिङ डटकमले वर्षेनी यो अवार्ड प्रदान गर्छ । टेम्पल ट्रिले यस वर्ष ९.१ रेटिङसहित अवार्ड प्राप्त गर्न सफल भएको हो ।
रिसोर्टले यस अगाडिका वर्षमा पनि ९ को रेन्जमा वर्षेनी यो अवार्ड प्राप्त गर्दै आइरहेको छ । ‘यो अवार्ड प्राप्त गर्दा हामी निकै खुसी छौं,’ सञ्चालक वसन्त गौतमले भने, ‘टेम्पल ट्रि रिसोर्टमा बसेर राम्रो प्रतिक्रिया दिने सम्पूर्ण पाहुना प्रतिी हामी आभारी छौं ।’ २०२० को समिक्षा गर्दै २०२१ को जनवरीमा बुकिङ डटकमले अवार्ड घोषणा गरेको हो ।
टेम्पल ट्रि रिसोर्टले यस अगाडि ट्राभलर्स च्वाइस अवार्डसमेत प्राप्त गरेको थियो । फरकशैलीको सेवा, सुविधा तथा आतिथ्यताबाट पर्यटकलाई आकर्षित गर्न सफल रिसोर्टलाई ट्रिप एडभाइजरले यस अगाडि ३ पटकसम्म नेपालका उत्कृष्ट १० होटल तथा रिसोर्टभित्र पार्दै अवार्ड प्रदान गरिसकेको छ । सन् २०१३, २०१४ र २०१५ मा टेम्पल ट्रि उत्कृष्ट १० भित्र परेको थियो ।
रिसोर्टमा ७० वटा सुविधा सम्पन्न रुम छन् । लेकसाइड भित्र भएर पनि बुटिक रिसोर्ट सञ्चालनमा ल्याएर आन्तरिक तथा बाह्य पर्यटकलाई स्तरीय सेवा प्रदान गर्न टेम्पल ट्रि सफल रहेको प्रवन्धक कृष्ण आचार्यले बताए ।
Comments are closed.